विषम परिस्थितिको ख्याल गर्दै सतर्कता अपनाउन सभामुखको सुझाव
सभामुख अग्निप्रसाद सापकोटाले विषम परिस्थितिको ख्याल गर्दै घरमै बसेर बकर इद मनाउनुु हुन र स्वास्थ्य सतर्कता अपनाउन सबै मुस्लिम समुदायलाई आग्रह गर्नुभएको छ । इस्लाम धर्म मान्ने मुस्लिम समुदायको महत्वपूर्ण चाड बकर इदका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले धार्मिक, सांस्कृतिक तथा सामाजिक विविधताबीचको एकताका लागि नेपाल विश्वसामु उदाहरणीय रहेको बताउनुभएको छ ।
बकर इद नमाज पढेर एकअर्कालाई शुुभकामना दिएर मनाइने उल्लेख गर्दै सभामुखले संयमता, आपसी सद्भाव, धैर्य, शान्ति र भाइचाराको सन्देश दिने यो पर्व सामूहिक एकता र भ्रातृत्वको पर्वसमेत भएको उल्लेख गर्नुभएको छ ।
यो वर्ष कोरोना भाइरसका कारण पहिलेजस्तो सहज ढङ्गले पर्व मनाउने अवस्था नभएको तथ्य पेश गर्दै सभामुख सापकोटाले बकर इदजस्ता पर्वले हामीबीच मजबुत एकता, दिगो शान्ति र आपसी सद्भाव बढाउन मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।


उहाँले विषमताका बाबजुद यस पर्वमार्फत राष्ट्रिय एकता र धार्मिक तथा सांस्कृतिक सद्भाव कायम राख्न सबैमा प्रेरणा मिल्ने कामनासमेत गर्नुभएको छ ।
यसै गरी राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विविधताभित्रको एकता नै नेपाल र नेपालीको पहिचान तथा विशेषता भएको बताउनुभएको छ । मुस्लिम समुदायको चाड बकर इदका अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै उहाँले बहुभाषिक, बहुसांस्कृतिक देशका रूपमा परिचित नेपालले सबै समुदाय र धर्मको सम्मानमा विश्वास राखेको बताउनुभएको छ ।
अध्यक्ष तिमिल्सिनाले यस चाडले नेपाली समुदायमा आपसी भ्रातृत्व, मित्रता, सामाजिक सद्भाव र एकता कायम गरी देशको समृद्धिको यात्रामा साथ पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले यस पर्वका अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवं उत्तरोउत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
यस्तै, राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दहालले पनि बकर इदका अवसरमा शुभकामना दिनुहुँदै मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्नुभएको छ । उहाँले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक, बहुजातीय पहिचानले समृद्ध मुलुक भएको स्मरण गर्नुभएको छ ।
मुस्लिम समुदायले विशेष महत्वका साथ मनाउने यस पर्वले नेपालीका बीचमा आपसी एकता एवं सद्भाव, धार्मिक सहिष्णुता र एकअर्काप्रति सम्मानको भावना विकास गरेर लैजाने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- घरबाट भागेर लजमा बसेका देवर–भाउजूको मृत्यु
- कोरोनाका कारण यस हप्ता विदेशमा थप नौ नेपालीको निधन, दुई हजार सङ्क्रमित
- चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी
- पोखरामा राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणले जगाएको उत्साह
- सर्लाहीमा पेस्तोलसहित एकजना पक्राउ
- ‘महेन्द्र संस्कृत विश्वविद्यालय’ र ‘नालन्दा’मा लगाइएको आगोको समानता
- बजार पूँजीकरण ३२ खर्ब, शीर्ष दशमा रहेको कम्पनीको यस्तो छ विवरण
- प्रधानमन्त्री ओलीबाट चिकित्सा शिक्षाको शुल्क घटाउन निर्देशन
- के निर्णय गर्ला अब प्रचण्ड–माधव समूहको स्थायी कमिटीले
- ओलम्पिया वल्ड स्कूलका संचालकले तीन करोड ठगेपछि
- सङ्कटका बेला गैरआवासीय नेपालीको भूमिकाको परराष्ट्रमन्त्रीबाट प्रशंसा
- पूर्वजनमुक्ति सेनालाई विगतका सरकारले जस्तो धोका नदिने प्रधानमन्त्रीको प्रतिबद्धता
- राष्ट्रपति बाइडेनका चुनौती- तीन दिनभित्र ३० वटा कार्यकारी आदेशमा हस्ताक्षर
- भारतबाट आएको कोरोनाको खोप सातवटै प्रदेशमा पठाउन सुरु
- मलेशियाबाट एकजनाको अस्तुसहित १८ नेपाली कामदारको शव ल्याइयो
- स्मरणमा गोर्खा–बङ्गाल युद्ध : नेपाली सेनाले सबैभन्दा ठूलो जीत हातपारेको दिन
- निर्वाचन हुने सम्भावना छैन, संसद् पुनःस्थापना पहिलो प्राथमिकता
- कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक : प्रधानमन्त्री जोनसन
- एपिएफ अस्पतालमा सडक मानवलाई निःशुल्क सम्पूर्ण सेवा : महानिरीक्षक खनाल
- धर्म र पर्यटनलाई जोड्दै तीर्थहरुमै श्रेष्ठ मानिएको देवघाटधाम
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


