वीरगञ्जमा फोरम नेपालले कांग्रेससँगको अग्रता बढाउँदै

25 September, 2017 13:44 | स्थानीय तह निर्वाचन | comments | 69750 Views

वीरगञ्ज महानगरपालिका प्रमुखमा संघीय समाजवादी फोरमले आफ्नो अग्रता केहि फराकिलो बनाएको छ । फोरम नेपालबाट नगर प्रमुखका उम्मेदवार विजय सरावगीले कांग्रेस उम्मेदवार अजय द्विवेदीसँगको मतान्तर २१० पुर्‍याएका छन्।

सरावगीले ११ हजार ६ सय ८२ मत ल्याउँदा कांग्रेसका द्विवेदीले ११ हजार ४ सय ७२ मत ल्याएका छन्। तेस्रो स्थानमा रहेको राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार राजेशमान सिंहले जम्मा ७ हजार ६ सय ३० मत ल्याएका छन्। नेकपा एमालेका उम्मेदवार बसुरुद्धिन अन्सारीले ५ हजार ७ सय ६६ मत पाएका छन्। उपप्रमुखमा भने नेपाली कांग्रेसकी उम्मेदवार शान्ति सिंह अगाडि छिन्। उनले १३ हजार ५७ मत पाएकी छन्। फोरम नेपालकी उम्मेदवार पिंकीदेवी यादवले ११ हजार १ सय ३६ मत ल्याएकी छन्।

  

निजगढ नगरपालिकाको प्रमुखमा कांग्रेस : उपप्रमुखमा एमाले

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More