वीर वीर

  • वीर
  • वीर
  • वीर
  • वीर
  • वीर

वीरमा आयो अक्सिजन प्लान्ट

16 April, 2017 22:49 | जन सरोकार | comments | 19350 Views

वीर

लामो समयको प्रयासपछि वीर अस्पतालले अक्सिजन उत्पादन गर्ने मेसिन (अक्सिजन जेनेरेटर प्लान्ट) खरिद गरेको छ ।

एक ठाउँबाट अन्य स्थानमा सजिलै सार्न सक्ने गरी कन्टेनरमा सबै उपकरण जडान भएको उक्त मेसिन रु दुई करोड ६६ लाखमा अस्पतालले खरिद गरेको हो ।

अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले अन्य अस्पतालमा एक स्थानमा राखेपछि अन्यत्र सार्न नमिल्ने मेसिन भएको तर वीरमा ल्याइएको मेसिन भने आवश्यक परेमा अन्यत्र पनि सहज रुपमा सार्न मिल्ने पहिलो कन्टेनर मेसिन भएको जानकारी दिनुभयो ।

  

मेसिन ल्याएपछि अस्पतालमा अक्सिजनको अभाव नहुने, सेवा पनि छिटो हुने उहाँले बताउनुभयो ।

वीर अस्पतालमा दैनिक करिब एक सय सिलिन्डर अक्सिजन खपत हुने गरेको छ । त्यसका लागि प्रत्येक महिना रु १८ लाखसम्म खर्च हुने गरेको अस्पतालले जनाएको छ । “अब अस्पतालले आफै अक्सिजन प्लान्ट जडान गर्छ, यो प्लान्ट सुरु भएपछि वार्षिक रु एक करोडसम्म बचत हुन्छ,” निर्देशक डा बस्नेतले भन्नुभयो– “यो मेसिन प्रत्येक दिन १५१ सिलिन्डरसम्म अक्सिजन उत्पादन गर्ने क्षमता राख्दछ ।”

अस्पतालमा खपत भई बाँकी रहेका अक्सिजन सिलिन्डर बिक्री गर्न पनि सकिन्छ अस्पतालका प्रमुख प्राविधिक सुनिल श्रेष्ठले भन्नुभयो– “अस्पतालकै अगाडि राखिएको मेसिन जडित कन्टेनरको अहिले प्राविधिक काम भइरहेकाले अबको हप्ता दिनमा यो सञ्चालनमा आउँछ ।”

सुर्तीजन्य पदार्थ नियन्त्रणमा कानुन पालना आवश्यक

सुर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन सरकारले कानुनको पालनामा जोड दिनुपर्ने सहभागीले बताएका छन् ।

क्यान्सर काउन्सिल नेपालले आज काठमाडौँमा आयोजना गरेको ‘धूमपान तथा सुर्तीजन्य पदार्थको नकारात्मक प्रभाव’ विषयक अन्तक्र्रियामा स्वास्थ्य मन्त्रालयका कानुन उपसचिव शम्भुराम रेग्मीले सुर्तीजन्य पदार्थको नियन्त्रण गर्न कानुनको पालना आवश्यक भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको प्रयोगले गर्दा धूमपान नगर्ने व्यक्ति पनि प्रभावित भइरहेका छन् । जसले प्रयोग गर्नेलाई मात्र नभई आसपासका व्यक्तिलाई पनि विभिन्न रोगको जोखिम बढाएको छ । यसकारण सरकारले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको प्रयोग र बिक्रीमा नियन्त्रण गर्न लागेको हो ।”

वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा डा विष्णुदत्त पौडेलले नेपालमा सुर्तीजन्य पदार्थ एक विकराल समस्याका रुपमा देखापरेको उल्लेख गर्दै ६० प्रतिशत नसर्ने रोग सुर्तीजन्य पदार्थका कारणले हुने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बर्सेनि ३०÷३५ हजार क्यान्सर रोगी थपिने र २० हजार मानिसले अकालमै ज्यान गुमाउने गरेका छन् । सुर्तीजन्य पदार्थको रोकथाम गर्नसकेमा हजारौँ मानिसलाई अकाल मृत्युबाट बचाउन सकिन्छ । धेरैले सुरुवाती अवस्थामा क्यान्सर रोग पहिचान गर्न नसक्दा पछि मृत्यु नै हुने अवस्था आउने गरेकाले जनचेतनामूलक कार्यक्रम अपरिहार्य छ ।”

क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रमलाई आफ्नो संस्थाले प्राथमिकता दिएको बताउनुभयो ।

सरकारले गत चैत १ तोकिएको स्थानबाट सुर्तीजन्य पदार्थको बिक्री गर्नुपर्ने र त्यसका लागि सम्बन्धित निकायबाट इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ । गर्भवति र १८ वर्ष मुनिका व्यक्तिलाई यस्ता पदार्थ बिक्री बितरण गर्नमा प्रतिबन्ध लगाइएको छ ।

वीर अस्पतालको १२७ वर्षपछि आफ्नै फार्मेसी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीर

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More