‘वीर विक्रम २’ ले पर्पल कार्पेट प्रिमियर गर्ने !

1 May, 2019 15:08 | कला/मनोरन्जन | comments | 13350 Views

चलचित्र ‘वीर बिक्रम २’ को रोयल (पर्पल) कार्पेट प्रिमियर गर्ने चलचित्रका निर्देशक मिलन चाम्सले जानकारी दिए । निर्देशक चाम्सले शान्ति र समानताको संदेश दिन सिनेको प्रिमियर गर्न लागेको बताए ।

adsads

सम्भवतः नेपाली सिनेमा क्षेत्रमा पहिलो पटक हुन् लागिरहेको यस खालको प्रिमियरले सिनेमाका कलाकार र प्राविधिकलाई राजकीय सम्मान पनि प्रदान गर्नेछ । यहि थिममा आधारित रहेर आयोजना हुने प्रिमियरको उद्देश्य भने कलाकार र प्राविधिकलाई राजकीय सम्मान दिएर मनोबल उचो पार्नु रहेको निर्देशक चाम्सले बताए ।

जेठ ३ गते रिलिज हुने सिनेमालाई पुर्वसन्ध्या पारी १ गते भव्य रुपमा प्रिमियर गरिने छ । मित्रता र प्रेमको कथा भन्ने सिनेमामा पल शाह, नाजिर हुसेन, वर्षा सिवाकोटी र बुद्दि तामाङको मुख्य भूमिका छ । चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता अर्पण सापकोटा हुन् । भने सिनेमामा रञ्जीता सिवाकोटी सह निर्माताको रुपमा रहेकीछन् । ‘विर विक्रम २’मा देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमामा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन रहेको छ ।

याे पनि पढ्नुहाेस्:

वीर विक्रम २’ घोषणा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More