वैदेशिक रोजगारको पीडा : अपाङ्ग भएर फर्किए नरबहादुर
– सन्तोष शर्मा
सुन्दर भविष्यको सपना बोकेर चार वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया पुग्नु भएका झापा शिवसताक्षी–७ का ४३ वर्षीय नरबहादुर राई अपाङ्ग शरीर लिएर स्वदेश फर्किनु भएको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९)का कारण विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने क्रममा राई केही दिनअघि मात्र स्वदेश फर्किनु भएको हो ।
मलेसियाबाट काठमाडौँ हुँदै झापा आइपुग्नु भएका राई अहिले घरमै हुनुहुन्छ । राईको शरीरको दाहिने पातो चल्दैन भने बोलीसमेत आउँदैन । नरबहादुर मलेसियामा कम्पनीमै काम गर्ने क्रममा चार महिना अघि दुर्घटनामा परेको परिवारले जनाएको छ ।


काठ र जस्ताले छाएको सानो दुई तले टाँडे घरको भुइँतलमा नरबहादुरलाई राखिएको छ । विदेशबाट फर्किएकालाई क्वारेन्टाइमा राखेर कोरोना भाइरस परीक्षणपछि मात्र घर पठाइने गरिएपनि राई अशक्त भएकाले घरमै लगिएको हो । उठबस गर्न नसक्ने अवस्थामा रहेका उहाँलाई कान्छा छोरा किरणले उठबस्, खानपान र स्याहारसुसार गरिरहनुभएको छ ।
स्थलगत रिपोर्टिङका क्रममा राससकर्मी नरबहादुरको घरमा पुग्दा किरणले बुबाको स्याहारसुसार गरिरहनुभएको थियो । त्यहाँ स्वास्थ्य सावधानी अपनाइएको नदेखिएपछि मास्कलगायतका स्वास्थ्य सावधानी अपनाउनभन्दा पीडा मिश्रित स्वरमा छोरा किरणले भन्नुभयो, “मैले सबै कुरा गर्नुपर्छ, बुबा आफैँ उठबस गर्न सक्नुहुन्न, नछोइ हुँदैन, मास्क लगाएर मात्र के गर्नु, बुबालाई कोरोना लागेको छ भने मलाई पक्कै लाग्छ ।”
गत मंगलबार कुनै जानकारी बिना अशक्त अवस्थामा एक्कासी बुबालाई घरमा ल्याइँदा छाँगाबाट खसेझै भएको किरणले बताउनुभयो । “काम गर्ने क्रममा चार महिना अघि बुबा दुर्घटनामा परेको खबर आएको थियो”, उहाँले भन्नुभयो, “एक महिना अघि मात्र सम्पर्क गर्दा बोल्दै हुनुहुन्थ्यो, अहिले यस्तो अवस्थामा देख्दा धेरै पीडा भएको छ ।”
दुर्घटनामा परेपछि बुबाले घर आउने कुरा गर्ने गरेको किरणले बताउनुभयो । “एक पटक सम्पर्क हुँदा मोबाइल पनि चोरी भएको बुबाले बताउनुभएको थियो”, उहाँले भन्नुभयो, “त्यसयता बेला बखत बुबाको साथीको मोबाइलमा सम्पर्क गर्दा कुरा हुने गरेको थियो ।” एक महिना अघि मात्र बुबाले घर आउने कुरा गरे पनि कोरोनाका कारण आउन नसकेको जनाएको उहाँले बताउनुभयो ।
बोल्न नसके पनि लेखेर दिँदा र इसारामा कुरा गर्दा नरबहादुरले काम गर्ने क्रममा दुर्घटना भएको संकेत गर्नुभयो । नरबहादुरको दाहिने हातको चोर औँला र माझी औँला छैन । दाहिने हात देखाउँदै उहाँले इसारामै आफ्नो पीडा पोख्नुभयो ।
मलेसियाबाट त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलमा उत्रिएपछि उहाँलाई त्यहाँबाट सिधै झापाको मेची बहुमुखी क्याम्पसको होल्डिङ एरियामा ल्याइएको थियो । बोली नआएका कारण होल्डिङ एरियामा खटिएका सुरक्षाकर्मीलाई उहाँको घर पत्ता लगाउन निक्कै सकस परेको थियो । नेपाली सेनाको नयाँ श्रीनाथ गणको व्यवस्थापनमा रहेको होल्डिङ एरियाबाट ठूलो प्रयासपछि उहाँको घर शिवसताक्षी–७ रहेको पत्ता लागेको हो ।
नरबहादुरका दुई छोरा, बुबा र श्रीमती छन् । श्रीमती इन्द्रकुमारी रोजगारीकै सिलसिलामा दुबईमा हुनुहुन्छ । नरबहादुर हाल अशक्त अवस्थामा भए पनि उपचार पाए निको हुने देखिन्छ । सरोकारवाला निकायले उहाँको उपचारमा ध्यान दिन जरुरी छ । जसले नरबहादुरको पीडामा मलहमपट्टि हुन सक्छ ।
जिल्लाका अधिकांश व्यक्ति विदेश जानुपूर्व सूचना तथा जानकारी नलिई जाने गरेको पाइएको छ । पछिल्लो समय जिल्लामा वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउन केही कार्यक्रम सञ्चालन भएपनि त्यो प्रभावकारी हुन सकेको छैन् । विदेश जानेलाई जानुपूर्व पुर्याउनुपर्ने प्रक्रिया र विदेशमा गइसकेपछि अपनाउनुपर्ने सावधानीका बारेमा व्यापक रुपमा सन्देशमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- घरबाट भागेर लजमा बसेका देवर–भाउजूको मृत्यु
- कोरोनाका कारण यस हप्ता विदेशमा थप नौ नेपालीको निधन, दुई हजार सङ्क्रमित
- चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी
- पोखरामा राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणले जगाएको उत्साह
- सर्लाहीमा पेस्तोलसहित एकजना पक्राउ
- ‘महेन्द्र संस्कृत विश्वविद्यालय’ र ‘नालन्दा’मा लगाइएको आगोको समानता
- बजार पूँजीकरण ३२ खर्ब, शीर्ष दशमा रहेको कम्पनीको यस्तो छ विवरण
- प्रधानमन्त्री ओलीबाट चिकित्सा शिक्षाको शुल्क घटाउन निर्देशन
- के निर्णय गर्ला अब प्रचण्ड–माधव समूहको स्थायी कमिटीले
- ओलम्पिया वल्ड स्कूलका संचालकले तीन करोड ठगेपछि
- सङ्कटका बेला गैरआवासीय नेपालीको भूमिकाको परराष्ट्रमन्त्रीबाट प्रशंसा
- पूर्वजनमुक्ति सेनालाई विगतका सरकारले जस्तो धोका नदिने प्रधानमन्त्रीको प्रतिबद्धता
- राष्ट्रपति बाइडेनका चुनौती- तीन दिनभित्र ३० वटा कार्यकारी आदेशमा हस्ताक्षर
- भारतबाट आएको कोरोनाको खोप सातवटै प्रदेशमा पठाउन सुरु
- मलेशियाबाट एकजनाको अस्तुसहित १८ नेपाली कामदारको शव ल्याइयो
- स्मरणमा गोर्खा–बङ्गाल युद्ध : नेपाली सेनाले सबैभन्दा ठूलो जीत हातपारेको दिन
- निर्वाचन हुने सम्भावना छैन, संसद् पुनःस्थापना पहिलो प्राथमिकता
- कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक : प्रधानमन्त्री जोनसन
- एपिएफ अस्पतालमा सडक मानवलाई निःशुल्क सम्पूर्ण सेवा : महानिरीक्षक खनाल
- धर्म र पर्यटनलाई जोड्दै तीर्थहरुमै श्रेष्ठ मानिएको देवघाटधाम
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


