वैदेशिक रोजगारीमा गएकाहरु मतदानबाट वञ्चित हुनु दुर्भाग्यपूर्ण

3 November, 2017 20:41 |जन सरोकार | comments | 83700 Views

    मुलुक महानिर्वाचनको अभियानमा हामिएको छ । तर, यही निर्वाचनमा मुलुकको अर्थतन्त्र धानिरहेका युवाहरु भने मतदानबाट बञ्चित भएका छन् ।

    adsads

    वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका नेपाली नागरिकलाई आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मतदान गर्ने व्यवस्था सरकारले मिलाउन नसक्नु दुर्भाग्यपूर्ण भएको काठमाडौंमा आयोजित कार्यक्रमका वक्ताले बताएका छन् ।

    मानवाधिकारका लागि जनमञ्च (पिपुल फोरम)ले आयोजना गरेको ‘राजनीतिक दलहरूका चुनावी घोषणापत्र र आप्रवासी कामदारका सरोकार’ विषयक छलफल कार्यक्रमका सहभागीले विदेशमा रहेका कामदारलाई मतदानको अधिकारको व्यवस्था गर्न आवश्यक प्रक्रिया छिटो गरेर पाँच वर्षपछि हुने निर्वाचनमा उनीहरूको सहभागिता सुनिश्चितता गरिनुपर्ने सुझाव दिए ।

    सबै प्रमुख दलले विगत १० वर्षअघिदेखि नै आफ्नो चुनावी घोषणापत्रमा विदेशमा रहेकालाई मतदानको अधिकार व्यवस्था गरिने लेख्दै आए पनि कार्यान्वयनमा उदासीनता देखाएको कार्यक्रमका सहभागीले बताए ।

    नेपाली काँग्रेसका प्रतिनिधि सीताराम खत्रीले वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित राख्ने विषयमा केन्द्रित रही आफ्नो पार्टीले घोषणापत्रमार्फत विभिन्न कार्यक्रम सार्वजनिक गरेको बताउनुभयो ।

    नेकपा (एमाले)का प्रतिनिधि वीरबलकाजी राईले वैदेशिक रोजगारीमा रहेका कामदारको हकहितलाई संरक्षण गर्दै स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्नुपर्नेमा आफ्नो पार्टीले घोषणापत्रमा जोड दिएको जानकारी दिनुभयो ।

    राष्ट्रिय जनमोर्चाका प्रतिनिधि हिमलाल पुरीले पहिलो चरणमा नेपालीको संख्या अधिक रहेका केही देशबाट शुरु गरेर क्रमशः अन्य देशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न सकिने बताउनुभयो ।

    कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रवासी नेपाली समन्वय समितिका महासचिव सोमप्रसाद लामिछानेले दलहरूले आप्रवासी कामदारका विषयमा घोषणापत्रमा लेखेका विषय लेखनमा मात्रै सीमित हुने गरेको टिप्पणी गर्नुभयो ।

    पिपुल फोरमका सल्लाहकार सोमप्रसाद लुइँटेलले विश्वका ११५ मुलुकले आप्रवासी कामदारलाई मतदानको व्यवस्था मिलाएको जानकारी दिँदै नेपालले पनि विदेशस्थित नेपाली नियोगमा मतदान गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो ।

    वैदेशिक रोजगारीको पीडा : सम्पत्ति खोज्दा डिभोर्स

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    पुष्पकमल दाहाल

    फेसबुक

    पुष्पकमल दाहाल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!