वैशाखमै बर्दियाको तापक्रम ४५ डिग्री- लू चलेर जनजीवन प्रभावित

28 April, 2019 09:41 | जल/वातावरण/स्वास्थ्य | comments | 13650 Views

वैशाखको दोस्रो हप्ता अत्यधिक गर्मी हुने समय नभए पनि शनिबार बर्दियामा यस वर्षकै सबैभन्दा बढी गर्मी भएको छ । शनिबार बर्दियाको तापक्रम ४५ डिग्री नाघेपछि त्यस क्षेत्रको जनजीवन अस्तव्यस्त भएको छ ।

adsads

वैशाखको दोेस्रो सातामै बर्दियाको तापक्रमले ४५ डिग्री नाघ्नुका साथै दिनभरि तातो हावा (लू) चल्न थालेपछि यहाँको जनजीवन निकै अस्तव्यस्त बनेको हो ।

अत्याधिक गर्मीले गर्दा सर्वसाधारण न्यून सङ्ख्यामा मात्र घरबाहिर निस्कने गरेकाले व्यापार व्यवसाय सबैभन्दा बढी प्रभावित भएको उद्योग वाणिज्य सङ्घ सानोश्री ताराताल कुशुम्बा बजारका कोषाध्यक्ष अमर भण्डारीले बताउनुभयो । गर्मीकै कारण बर्दियाका अधिकांश विद्यालयलाई बिहान सञ्चालन गर्ने तयारी भइरहेको छ ।

अत्यधिक गर्मी बढेका कारण जिल्ला अस्पताल र विभिन्न मेडिकलमा ह्वात्तै बिरामी बढेका छन् । बिरामीकै चापले अस्पतालमा बेडको समेत अभाव हुन थालेको अस्पतालले बताएका छन् । गर्मी र चलेको तातो हावाले बिरामीको चाप बढेको अस्पतालका चिकित्सक बताउछन् ।

गर्मीका कारण लु लागेका, झाडा पखाला र विभिन्न प्रकारका छालाजन्य रोगका बिरामी अस्पतालमा बढी आउने गरेको बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डन डा सुवास पाण्डेले बताउनुभयो ।

अत्याधिक गर्मीकै कारण बर्दियाका बालबालिकामा शरीर भरि रातो बिमिरा आउने र पाकेर घाउ बन्ने संक्रमण देखिएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

दिनेश भण्डारी

फेसबुक

दिनेश भण्डारी

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!