वैशाख २१ देखि धुलाबारी गोल्ड कप

2 May, 2013 16:09 | खेल | comments | 26250 Views

स्वस्थ जीवनका लागि खेलकूद भन्ने मूल नाराका साथ वैशाख २१ गतेदेखि दोस्रो धुलाबारी गोल्ड कप नक आउट फुटबल प्रतियोगिता झापाको धुलाबारीमा आयोजना हुने भएको छ । खेल आयोजक रोलिङ क्लवले बिहिबार धुलाबारीमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो ।

 

प्रतियोगितामा चर्च ब्वाइज स्पोर्टिङ् फुटबल क्लव काठमाण्डौं, कञ्चनजंघा स्पोर्टिङ् क्लब भारत लगायतका ८ टिमहरुको सहभागिता रहने आयोजक समितिका संयोजक गोकूल हुमागाईले जानकारी दिनुभएको छ ।

  

 

वैशाख २८ गतेसम्म संचालन हुने खेलमा आयोजक रोलिङ् क्लव धुलाबारीका अतिरिक्त झापाका चर्चित खेल टिमहरु एपीएफ दमक, काँकरभिटा क्लब, मुनाल क्लब चन्द्रगढी तथा हरैंचा स्पोर्टिङ् क्लब मोरङ् र धरान फुटबल क्लब सुनसरीले सहभागिता जनाउने आयोजक समितिका अध्यक्ष केन्द्रविक्रम नेम्बाङले बताउनुभयो ।

 

करिब ८ लाख रुपैयाँको कुल लागतमा हुन लागिरहेको खेलको विजेता टिमले नगद ५० हजार रुपैयाँ र उप विजेता टिमले नगद ३० हजार रुपैयाँ सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने पत्रकार भेटघाटका अवसरमा जानकारी गराइएको छ ।

 

कोशी डायमण्ड सह प्रायोजक रहेको खेलको मुख्य प्रायोजक भने टुङ्गो भइनसकेको आयोजक समितिका प्रचार संयोजक खगेन्द्र घिमिरेले जानकारी दिनुभयो ।

 

वि.सं.२०२८ सालमा स्थापित नेपालको पूर्वी क्षेत्रकै पुरानो मानिएको रोलिङ् क्लबले यस अघि खेलको पहिलो संस्करण स्वरुप २०६४ सालमा पूर्वका ८ वटा टिमलाई समेटेर पूर्वाञ्चल स्तरीय फुटबल प्रतियोगिता आयोजना गरेको थियो ।

 

उता कोशी अञ्चलको पूर्वी पहाडी जिल्ला भोजपुरमा विवाहित र अविवाहित समूहबीच सम्पन्न फुटबल प्रतियोगितामा एकका विरुद्ध नौ गोल गर्दै अविवाहित टोली विजयी बनेको छ ।

 

भोजपुर सदरमुकाम टुँडी खेलमा सम्पन्न खेलमा विजेता समूहले पुरस्कार स्वरूप कुखुराको भाले प्राप्त गरेको आयोजक समितिले जनाएको छ । उक्त प्रतियोगिता जिल्ला फुटबल सङ्घ भोजपुरले आयोजना गरेको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More