शरदको ८९ रनको मद्दतले नेपालले हङकङलाई दियो २१८ रनको लक्ष्य

16 November, 2019 16:23 |खेल | comments | 7050 Views

    बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कपमा नेपालले हङकङलाई २१८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २१५ रन बनाएको हो ।

    adsads

    भारतसंग भएको पहिलो खेलमा जस्तै नेपालको सुरुवात भने निकै खराब रह्यो मात्र ३ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्ल शून्यमा र कुशल मल्ल १ रनमा आउट भएपछि धर्मराएको नेपालको इनिङ शरद भेषवाकले सम्हालेका थिए । अन्तिम बलसम्म टिकिरहेका शरद ८९ रन बनाएर अन्तिम बल अघि आउट भए ।

    शरदले तेस्रो विकेटका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीसँग ८३ रनको साझेदारी गरे । दीपेन्द्र ३७ रनमा आउट भए । त्यसपछि आरिफ शेखले अर्को महत्वपूर्ण साझेदारी गरे । उनले ७४ रनको साझेदारी गरे ।

    आरिफ ४२ रनमा आउट भए, जतिबेला नेपालको स्कोर १६० रन पुगेको थियो । पवन शरार्फले खाता नै अखोल्न सकेनन् । विनोद भण्डारी १५, करण केसी ७ र सुन भारी ६ रनमा आउट भए ।अन्तिम बलमा ललितनारायण राजवंशीको विकेट गएपछि नेपाल अलआउट भयो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More