शहीद भीमसेन दाहाललाई साक्षी राख्दै विद्याको प्रतिबद्धता “मतमा विश्वासघात गर्दिन”

13 November, 2019 14:24 |राजनीति | comments | 15000 Views

    कास्की क्षेत्र नं. २ उपनिर्वाचनमा नेकपा उम्मेदवार विद्या भट्टराईले आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्दै आफू जनअभिमतलाई कहिल्यै धोका नदिने र आफूसंग जुनसुकै बेला आम जनताले जस्तोसुकै प्रश्न उठाउनसक्ने बताउनुभएको छ ।

    बुधबार पोखरा महानगपालिका वडा नं. ९ मा घरदैलो कार्यक्रमपछि न्यूरोडमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

    adsads

    भट्टराईले मुलुकको समृद्धिका साथै पोखराको विकास निर्माणमा स्व. रवीन्द्र अधिकारीले देखेका सपना, बनाएका योजनालाई मुर्तरुप दिन आफू उम्मेदवार भएको र यसमा पार्टीले विश्वास गरेका बताउँदै रवीन्द्र अधिकारीले सोचेको कास्कीको विकास अभियान पूरा गर्ने अठोट गर्नुभयो ।

    सम्बोधनका क्रममा उहाँले आफूले कहिल्यै गलत काम नगर्ने र गलत काम गर्ने, भ्रष्टाचारीहरुलाई उहाँले कानुनी कारबाहीमा ल्याउन पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । उहाँले युवा र महिला सशक्तिकरणविना समृद्धि सम्भव नभएकाले आफ्नो प्रयास र अभियान त्यसैमा केन्द्रित हुने बताउँदै नेपाल सरकारले अघि सारेका समृद्धिका कार्यक्रमहरु सक्रियताका साथ कार्यान्वयन गर्न लागिपर्ने बताउनुभयो ।

    जनताका हरेक समस्या र आकांक्षा पूरा गर्न हरसम्भव तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएकी उहाँले विश्वकै उत्कृष्ट पर्यटकय गन्तव्यमा पर्ने कास्कीको समग्र पर्यटकीय विकासलाई मुल मुद्दा बनाएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

    यसअघि पोखरा महानगपालिका वडा नं. १६ बाटुलेचौरस्थित भेलालाई सम्बोधन गर्दै भट्टराईले जनताको अपार माया र साथले आफू उत्साहित भएको बताउँदै यो माया कायम राख्ने र यसलाई धुमिल हुन नदिने प्रतिबद्धता जनाउनुभयो । भेलामा नेकपा पोखरा महानगर अधयक्ष दीपक पौडेल, पोखरा महानगर वडा नं १६ का अध्यक्ष जीवनप्रसाद आचार्य, लगायतले चुनावी तयारीका सन्दर्भमा बोलेका थिए ।

    यसअघि उम्मेदवार भट्टराईले महेन्द्रपुलस्थित शहीद भिमसेन दाहालको शालिकमा माल्र्यापण गरी घरदैलो कार्यक्रम सुरु गर्नुभएको थियो । सयौं नेता कार्यकर्ताका साथ सुरु भएको घरदैलो जारी छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More