शान्ति पदयात्राले टोकियो सिवुया नेपालमय (फोटो/भिडियो)

11 April, 2016 00:15 | जापान , विशेष भिडियो | comments | 316200 Views

आईतवार आयोजना गरिएको शान्ति पदयात्राले जापानको राजधानी टोकियोको अतिव्यस्त शहर सिवुया नेपालमय बन्यो ।

जापानी भाषामा गौतम बुद्ध तथा बुद्ध जन्मस्थल लुम्विनीका वारेमा जानकारी दिदै निकालिएको पदयात्रामा उपस्थित भएका सयौ नेपालीले शहरलाई नै नेपालमय बनाए ।

ads ads
अपरान्ह स्थानिय मियासिता पार्कबाट निकालिएको पदयात्रामा विभिन्न भेषभुसामा सजिएका नेपाली सहित थुप्रै जापानी नागरिकहरुको समेत समभागिता रहेको थियो ।

शहर परिक्रमा गर्नेक्रममा व्यस्त सिवुया स्टेशनमा रहेको चौबाटोमा पुग्दा जापान प्रहरीलाई भिड व्यवस्थापन गर्न हम्मे परेको थियो । ढाका टोपी सहित दौरा सुरुवाल तथा नेपाली झण्डा र व्यानर बोकेका पुरुष तथा नेपाली साडी चोलो र फरियामा भेला भएका महिलाहरुलाई देखेर सडक किनारामा वसेका विदेशीहरु अधिकासको क्यामेरा तथा ध्यान नेपालीहरुमा परेको थियो । पदयात्रामा बुद्ध नेपालमा जन्मिएका हुन । लुम्विनी नेपालमा पर्छ तथा नेपाल जापान सम्वन्धको ६० वर्षको अवसरमा मनाईने हीरक वर्ष उत्सव सफल पारौ भन्ने जस्ता नारा लगाएका थिए।

जापानी तथा अंग्रेजी भाषमा लेखिएको व्यानर तथा पर्चा देखेर धेरै विदेशीहरु नेपालका तथा लुम्विनीको वारेमा जानकारी लिएका थिए । विदेशी मुलुकमा एक मात्र मानव बुद्ध सिद्धार्थ गौतम तथा उनको जन्म स्थल लुम्विनीका वारेमा गराईएको भ्रमलाई यथार्थ जानकारी दिन पदयात्राको आयोजना गरिएको आयोजक वीफर अल जापानका अध्यक्ष सरोजकुमार खत्रीले जानकारी दिए ।

विफर अल जापान र नेपाल जापान युथ क्लवको संयुक्त आयोजनामा हरेक वर्ष आयोजना हुदै आएको रयालीमा लुम्विनी तथा नेपाल भ्रमणका लागि मौखिक तथा पर्चा मार्फत अनुरोध समेत गरिएको थियो । समारोहमा करिव चार सय वढी नेपाली समुदायको सहभागिता रहेको थियो ।

कार्यक्रमको वारेमा जानकारी लिन जापानी संचार माध्यमका संचारकर्मीहरुको समेत बाक्लो सहभागिता रहेको थियो ।
फोटोहरु:

00 34567891 11 12 13 14 15 peace rally

भिडियो:

भिडियोहरु:खडक गुरुङ/पवन केसी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More