शान्ति प्रक्रियालाई पूर्णता दिन ध्यान जानुपर्छ : मुख्यमन्त्री गुरुङ

10 September, 2019 10:45 |गण्डकी प्रदेश , प्रदेश | comments | 2250 Views

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शान्ति प्रक्रियालाई पूर्णता दिन सरकार र पार्टीको ध्यान जानुपर्नेमा जोड दिनुभएको छ ।जनयुद्धका शहीद सुरेश वाग्ले र भीमसेन पोखरेलको २०औं स्मृति दिवसको अवसरमा नेकपा गण्डकी प्रदेश कमिटीले सोमबार पोखरामा आयोजना गरेको स्मृति कार्यक्रममा उहाँले शान्ति प्रक्रियासँग सम्बन्धित कतिपय काम अझै बाँकी रहेको उल्लेख गर्नुभयो ।

    adsads

    दशवर्षे युद्धका क्रममा बेपत्ता भएका व्यक्तिका परिवार अझै पनि पीडामा रहेकाले बेपत्ता छानबिन आयोगमार्फत बेपत्ता पारिएकाहरुको अवस्था सार्वजनिक गरिनुपर्ने माग गर्नुभयो ।

    गण्डकी प्रदेशमा विभिन्न चरणमा शहीद भएका र बेपत्ता भएकाको अवस्था खोजबिन गरेर यथार्थ सार्वजनिक गरिने र आश्रित परिवारका सदस्यका लागि शिक्षा र जीविकोपार्जनका कार्यक्रम ल्याइने मुख्यमन्त्री गुरुङले स्पष्ट पार्नुभयो ।

    पार्टीका स्थायी कमिटी सदस्य एवं प्रदेश कमिटीका इन्चार्जसमेत रहनुभएका मुख्यमन्त्री गुरुङले देश, जनता र पार्टीप्रति इमान्दार भएर समाजवाद निर्माणको अभियानमा लाग्ने हो भने मात्र शहीदका सपना साकार हुने र उनीहरुप्रति सच्चा सम्मान हुने भएकाले त्यसतर्फ लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

    प्रदेश कमिटी अध्यक्ष हितराज पाण्डेले शहीद वाग्ले सरल व्यक्तित्व, वैचारिक, राजनीतिक दृष्टिकोणले स्पष्ट र कुशल सङ्गठक भएको स्मरण गर्दै उहाँको हत्याले तत्कालीन नेकपा माओवादीलाई ठूलो क्षति पुगेको चर्चा गर्नुभयो ।

    कार्यक्रममा शहीद पत्नी दुर्गा पहारी र बेपत्ताका परिवारकी तेजकुमारी पौडेलले शहीद तथा बेपत्ताका परिवारलाई पार्टीले बेवास्ता गर्न नहुनेमा जोड दिनुभएको थियो ।

    कानून निर्माणमा पर्याप्त ध्यान पुगेन : मुख्यमन्त्री गुरुङ

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    पोस्ट मनसुन

    फेसबुक

    पोस्ट मनसुन

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!