शारीरिक सुगठन प्रतियोगिता भदौमाशारीरिक सुगठन प्रतियोगिता भदौमा

  • शारीरिक सुगठन प्रतियोगिता भदौमा
  • शारीरिक सुगठन प्रतियोगिता भदौमा
  • शारीरिक सुगठन प्रतियोगिता भदौमा
  • शारीरिक सुगठन प्रतियोगिता भदौमा
  • शारीरिक सुगठन प्रतियोगिता भदौमा
  • शारीरिक सुगठन प्रतियोगिता भदौमा

शारीरिक सुगठन प्रतियोगिता भदौमा हुने

15 August, 2019 00:46 |खेल | comments | 12900 Views

    शारीरिक सुगठन प्रतियोगिता भदौमा

    भ्रमण वर्ष सन् २०२० मा पर्यटकलाई आकर्षित गर्ने लक्ष्यका साथ आगामी भदौ १३ र १४ गते ललितपुरमा ‘पहिलो शास्त्रीय शारीरिक सुगठन च्याम्पियनसिप’ हुने भएको छ । हेल्पिङ क्यापले आयोजन गर्ने उक्त प्रतियोगितामा सातै प्रदेशबाट करीब १५० खेलाडीको सहभागिता रहनेछ ।

    adsads

    बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमका संयोजक राजेन्द्र महर्जनले सरकारले लिएको भ्रमण वर्षको योजनालाई सफल बनाउन खेलकूदका माध्यमबाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा प्रचार गरी पर्यटन क्षेत्रको विकास र अभिवृद्धि गर्ने उद्देश्यले उक्त प्रतियोगिता गर्न लागिएको जानकारी दिनुभयो ।

    शारीरिक सुगठनका अन्तरराष्ट्रिय प्रशिक्षक शिवलाल श्रेष्ठले शारीरिक सुगठनले मानव स्वस्थ्यता, व्यक्तित्व विकास तथा शरीरलाई आकर्षक बनाउने हुँदा यस खेलमा खेलाडी आकर्षण बढ्दै गएको बताउनुभयो ।

    नेपाल फेडरेशन अफ बडीविल्डिङ एण्ड फिटनेसका महासचिव अजय बज्राचार्यले सन्तुलित भोजनको उपयोग गरी खेलाडीले भारयुक्त ब्यायाम गरेर आर्जन गरेको मोहक शरीरलाई कलात्मक ढङ्गबाट प्रतियोगितामा प्रदर्शन गरिने हुँदा खेलको महत्व र युवाको ध्यानाकर्षण यसतर्फ बढ्दै गएको जानकारी गराउनुभयो ।

    प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु पाँच लाख, दुई लाख ५० हजार र दुई लाख नगदसहित ताम्रपत्रले सम्मान गरिनेछ । निजी क्षेत्रबाट सञ्चालन गरिएको क्लबले आयोजना गरेको सो प्रतियोगिता तथा व्यवस्था गरिएको पुरस्कारको राशि अहिलेसम्मकै ठूलो रहेको दाबी गरिएको छ ।

    एसिया प्यासिफिक बडी बिल्डिङ च्याम्पियनशिपमा नेपालका तीन खेलाडीले भाग लिने

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    शारीरिक सुगठन प्रतियोगिता भदौमा

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!