शालिकरामको पोस्टमार्टम रिपोर्ट आयो थप तथ्य फेला परेको प्रहरीको भनाई

19 August, 2019 16:23 |जन सरोकार | comments | 83550 Views

    गत साउन २० गते चितवनको एक होटलमा झुन्डिएको अवस्थामा शव फेला परेका पत्रकार शालिकराम पुडासैनीको पोस्टमार्टम रिपोर्ट आएको र सो रिपोर्टले थप तथ्य पत्ता लागेको प्रहरीको भनाई छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दावबहादुर मल्लले अनुसन्धानकै क्रममा रहेको र प्रमाण जुटाउँने काम भइरहेकोले रिपोर्टमा के छ जानकारी दिन नमिल्ने र अनुसन्धानपछि सबै तथ्य सार्वजनिक गरिने बताउँदै अहिलेसम्मको अनुसन्धानले थप नयाँ तथ्य पनि फेला परेको जानकारी दिनुभयो ।

    adsads

    पत्रकार पुडासैनीको साउन २२ गते काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पतालमा पोस्टमार्टम भएको थियो । अस्पतालले १० दिन लगाएर रिपोर्ट तयार पारेको हो । प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्टसँगै मृत्युअघि रेकर्ड गरिएको भिडियोको फरेन्सिक ल्याब परीक्षणसमेत भइसकेको छ  । पोस्टमार्टम र भिडियो ल्याब रिपोर्ट थप अनुसन्धानका लागि बलियो प्रमाण बनेको प्रहरीको भनाइ छ ।

    शालिकराम मृत्यु प्रकरण र रवी : न देवत्वकरण राक्षसीकरण- अदालत कुरौं

    नुवाकोट बेलकोटगढी नगरपालिका–३ घर भएका २७ वर्षीय शालिकराम पुडासैनीको गत साउन २० गते राति नारायणगढस्थित पोखरा बसपार्कको होटेल कंगारुमा झुन्डिएको अवस्थामा शव फेला परेको थियो ।

    प्रहरीले सो घटना अनुसन्धानको क्रममा टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । पुडासैनीले नाम किटान गरेपछि प्रहरीले आत्महत्या गर्न बाध्य पारेको हो वा होइन भन्ने बिषयमा अनुसन्धान गर्न लामिछानेसहित तीनै जनालाई पक्राउ गरेको हो ।

    लामिछाने, कँडेल र अस्मिता कार्कीबिरुद्ध शालिकरामकी श्रीमतीको किटानी जाहेरी

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    ओलम्पिकमा ‘कृत्रिम हिउँ वर्षा’

    फेसबुक

    ओलम्पिकमा ‘कृत्रिम हिउँ वर्षा’

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!