शालिकरामलाई मर्न बाध्य पार्ने रवी नै हुन् त ? (शालिकरामको बयानसहित)

15 August, 2019 12:59 | जन सरोकार | comments | 43050 Views

विश्वभरका नेपालीहरुमाझ चर्चित पत्रकार रवी लामिछानेमाथि गम्भीर आरोप लागेको छ । उनलाई आफ्ना पूर्व सहकर्मी पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य पारेको आरोप लागेपछि संचार माध्यम र सामाजिक सञ्जालहरुमा यसले व्यापकता पाएको छ ।

पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भनिएको भिडियोमा रवीलाई अरुको प्रगति देख्न नसक्ने, अत्यन्तै भ्रष्ट र अनैतिक भएको आरोप लगाउँदै उनले कार्यक्रम संचालन गरेवापत पैसा उठाउने गरेको र त्यसको प्रमाण आफूसंग भएको खुलाएका छन् ।

  

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ घर भएका शालिकराम पुडासैनी साउन २० गते चितवनको कंगारू होटलको कोठामा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

उनको मृत्युपछि रवीले लेखेका थिए- ‘स्तब्ध छु । मर्न नडराउने भाई शालिकराम पुडासैनीले कसरी आफैलाई मार्ने निर्णय गरे होलाल् । छातीमा लात्त्ती खाई खाई पनि प्रश्न सोध्न नडराउने उनको छाति भित्रको मुटु यति कमजोर थियो जस्तो मलाई कहिलेपनि लागेन।नयाँ अवसर मिलेको छ दाइ, केहि गर्छु भनेर करिब ढेड महिना जति अघि टिमबाट बिदा लिएर गएका भाइ शालिकराम, हिजो राति चितवनको एक होटलमा झुन्डिएको अवस्थामा भेटिएका छन। यो घटना उनको ब्यक्तिगत जीवन वा पत्रकारिता मध्य के ले प्रभावित पारेर भयो भन्ने लगायतका तथ्य त प्रहरी अनुसन्धान पछि आउला तर भाइ शालिकराम चाहिँ अब कहिले नआउने गरी बिदा भए। शालिक,सिधाकुरा टिम तिमीलाई सधै सम्झिरहने छ। हार्दिक श्रद्धाञ्जली भाइ।’

तर घटनाको केही दिनपछि उनको भिडियो सार्वजनिक भयो । त्यसपछि घटनाले अर्कै मोड थियो । यदि रवीकै दवावका कारण उनले आत्महत्या गरेका भए यो मुलुकी अपराध संहिता २०७४ को दफा १८५ ले सजायँको भागी बनाएको छ ।

कसैलाई कुनै दवाव दिएर आत्महत्यागर्न बाध्य पार्ने वा गराउने व्यक्तिलाई पाँच वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना छ । उपदफा (१) मा कसैले कसैलाई आत्महत्या गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन। त्यस्तो दबाब र प्रभावमा समेत आत्महत्या गरे उक्साउने व्यक्तिलाई सजायँको भागी बनाउनुपर्ने कानुन लागू भइसकेको छ ।

पुडासैनीको भिडियोलाई हेर्ने हो भने रवी पूरै दोषी देखिन्छन् । पुडासैनीले ठूला तस्कर, बालुवा ठेकेदार, उद्योगीहरुसंग करोडौं असुलेको आरोप लगाउँदै रवीले केही राम्रो काम गरे पनि धेरैको जीवन वर्वाद पारेको आरोप समेत लगाएका छन् । तर प्रश्न के हो भने खोज पत्रकारितामा अब्बद सावित हुँदै गरेका पुडासैनीले कसैले दवाव दिएकै भरमा आत्महत्या गर्नुपर्ने स्थिति नआउनुपर्ने तर्क पनि नभएको हैन तर उनले भिडियोको अन्तिममा दुई हात जोडेर नमस्कार गरेर विदा मागेको सन्दर्भले भने भिडियोमाथि शंका उब्जाएको छ । यसको सत्यतथ्यमाथि प्रहरी अनुसन्धानले खुलासा गर्ने नै छ ।

भिडियोमा शालिकरामले यस्तो भनेका छन्
‘मलाई रवि लामिछाने र युवराज कँडेलले पछिल्लो पटक धेरै टर्चर दिए । तर्साएर वेलकम विज्ञापन एजेन्सीमार्फत बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाहरूबाट करोडौं कमाउने तर रातदिन काम लगाएर मलाई कम मात्रै पैसा दिने। कराउँदा कराउँदा बल्लतल्ल १८ हजार तलब पर्‍याए।

थोत्रो मोटरसाइकलको मर्मतमै मासिक ४(५ हजार खर्च हुने कोठाभाडा यताउता सबै त्यसैले पर्‍याउनुपर्ने। प्यारी सम्झना मैले कसरी सक्नु ! रवि दाइ मलाई मर्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ। केही कोही दीनदुःखीको उद्दार पनि गर्नुभयो, तर अरूको प्रगति देख्न सक्नुभएन। दुनियाँलाई थर्काउनुभयो, ढिलोचाँडो दुनियाँले तपाईंको असली रूप देख्नेछ।

मसँग प्रमाण छ आज नभए पनि भोलि तपाईंको पापको घडा भरिन्छ। तँ अब फसिस् भन्दै मलाई मर्न बाध्य पारेकोमा त्यो पापले तपाईंलाई पोल्ने छ।’ कुमरीको घर बेचेर रामकोटमा घर बनाउन श्रीमतीलाई सल्लाह दिँदै रुँदारुँदैको अवस्थामा दुई हात जोडेर उनले भनेका छन्, ‘सम्झना, तिमी भर्खर २२-२३ वर्षकी भयौ, अर्को बिहे गर, मलाई माफ गरिदेऊ।’?

आफूमाथि बुनिएको तानाबानाको पोल खोल्दै अगाडि उनी भन्छन् ‘मैले न्युज २४ छोड्छु भन्दा रवि र दीपक भएर त्यसो नगर बरू डिपेन्डेण्ट भिसामा अस्ट्रेलिया पठाइदिन्छौँ भन्दै रालुका गाविस ओखलढुंगाकी केटी अस्मिता कार्की (रूकु)को पछि लगाए। त्यही केटीलाई मैले बीपी स्मृति हस्पितल बसुन्धरामा जागिर लगाइदिएँ, पुतलीसडकको कन्सल्ट्यान्सीमा पनि बिहान-बिहान पुर्‍याइदिएँ। पछि उसले उल्टै खाते भन्दै मैलाई हेप्न थाली, म ऊबाट टाढिँदै गएँ। त्यही क्रममा मैले न्युज २४ टेलिभिजन छाडेँ। त्यसबापत मलाई उहाँहरूले त्यही केटीलाई बलात्कार गरेको भनेर पसाउने षड्यन्त्र गर्नुभयो। त्यसकारण म अब यस संसारमा यस्तैगरी बाँचिरहन चाहन्नँ।’

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More