शालिकराम पुडासैनी मृत्यु प्रकरण- चितवन प्रहरीले थाल्यो रवीको पक्ष-विपक्षमा लाग्नेहरुबिरुद्ध कारबाही

22 August, 2019 21:30 |जन सरोकार | comments | 39150 Views

    साउन २० गते नारायणगढको कंगारु होटलमा झुण्डिएको अवस्थामा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका सिधा कुरा जनतासंग टेलिभिजन कार्यक्रमका प्रस्तोता रवि लामिछानेको विषयमा फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल र युट्युबमा गालीगलौज गर्नेबिरुद्ध प्रहरीले कार्वाही थालेको छ ।

    शालिकराम आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेको पक्ष र विपक्षमा विभिन्न ठाउँमा प्रदर्शन भएको छ र प्रदर्शनमा अनुसन्धानलाई नै प्रभावित पार्ने गरी आपत्तिजनक नारा लगाउने, युटुवर देख्नेबित्तिकै गालीगलौज गर्ने काम बढेपछि प्रहरी एक्श्नमा उत्रिएको हो ।

    adsads

    चितवनमा हुँदै नभएका काल्पनिक कुराहरु श्रव्यदृश्य, फोटो वा टेक्समार्फत सार्वजनिक गर्ने र भएका घटनालाई उत्तेजित पार्ने गरी सामाग्री प्रस्तुत गर्ने र शेयर गरी घटनालाई अन्यत्रै मोड्न खोज्ने गरी सामाजिक सञ्जालमा पक्ष वा बिपक्षमा गालीगलौज भएको भन्दै प्रहरीले आक्रामक कार्वाही थालेको हो ।

    चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लका अनुसार फेसबुक, ट्वीटर, युट्युबलगायत सामाजिक सञ्जालमा पोष्ट भएका सामग्रीको निगरानी गरेर अभिलेख राख्न थालिएको र अव घरघरमै पुगेर नियन्त्रणमा लिने र साइबर क्राइमको मुद्दा दर्ता प्रकृया सुरु गरिएको जानकारी दिनुभयो ।

    सामाजिक सञ्जालमा प्रहरीका अधिकारी, राजनीतिक दलका नेता र केही व्यक्तिविरुद्ध समेत लामिछानेको समर्थन वा विरोधमा गलत काम भैरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले बुधबार एकजनालाई पक्राउ गरी कारबाही गरिसकेको जानकारी दिँदै एसपी मल्लले अब घरघरमै पुगेरै गलत सामग्री प्रेषण गर्नेविरुद्ध प्रहरीले कारबाही थालेको बताउनु भयो ।

    चितवन प्रहरीले विभिन्न ठाउँमा भएका प्रदर्शनबाट नियन्त्रणमा लिइएका झण्डै दुई दर्जनविरुद्ध पनि सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको छ । प्रहरीमाथि आक्रमण गर्ने, भीडलाई उत्तेजित बनाउने र उश्रृङ्खल क्रियाकलापमा सामेल झण्डै दुई दर्जनविरुद्ध मुद्दा दर्ता गरिएको हो । उनीहरुविरुद्ध गरिएको छ ।

    शालिकरामको पोस्टमार्टम रिपोर्ट आयो थप तथ्य फेला परेको प्रहरीको भनाई

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    गौतम बुद्ध विमानस्थल

    फेसबुक

    गौतम बुद्ध विमानस्थल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!