शिक्षा मन्त्री पोखरेलसहितको टोली नेपाल प्रस्थान

19 June, 2019 20:26 |जापान | comments | 31800 Views

    नेपालको पहिलो भूउपग्रह नेपालीस्याट १ को सफल प्रक्षेपणपश्चात जापान भ्रमणमा रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको टोली बुधबार काठमाडौं प्रस्थान गरेको छ ।

    यही जुनन १६ मा टोकियो आएको मन्त्री पोखरेल नेतृत्वका प्रतिनिधिमण्डलले नेपाली भूउपग्रहलाई अन्तरीक्षमा पठाएर पृथ्वीको परिक्रमा गराएको ऐतिहासिक क्षणमा अन्तरीक्ष यात्रीसंग भिडियो कन्फ्रेन्स समेत गर्नुभएको थियो ।

    adsads

    मन्त्री पोखरेलले जापान भ्रमणका क्रममा जापानी सरकारी अधिकारीहरुसंग छलफल गरी नेपालमा विकास र प्रविधि भित्र्याउन आपसी सहयोगको आव्हान गर्नुभएको थियो ।

    मन्त्री पोखरेलको सम्मानमा जुन १६ साँझ जापानस्थित नेपाली राजदूत प्रतिभाा राणाले अन्तरक्रियासहितको रात्रिभोजको आयोजना गर्नुभएको थियो । सो अन्तरक्रियामा मन्त्री पोखरेलले सरकारले यो एक वर्षमा उल्लेखनीय सुधारका काम गरेको जानकारी गराउँदै जापानबासी नेपालीहरुलाई ‘समृद्ध नेपाल सुखी नेपाली’का सपना साकार पार्न सहयोगको आव्हान गर्नुभएको थियो ।

    मन्त्री पोखरेल स्वदेश फर्कने क्रममा हानेदा विमानस्थलमा राजदूत प्रतिभा राणा, उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल लगायतका नेपालीहरुले विदाइ गरेका थिए

    भ्रमणमा मन्त्री पोखरेलका साथमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ तथा मन्त्रीका स्वकीय सचिव पुरन केसी रहनुभएको थियो ।

    जब चुंकुबा स्पेस सेन्टरमा अन्तरीक्ष यात्री निक हेगलाई शिक्षा मन्त्री पोख्रेलले गो भने (फोटोहरुसहित)

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!