शिलाको मृत्यु प्रकरण : ज्यूदै जलाएर हत्या गरिएको मातीपक्षको आरोप

18 September, 2019 15:32 | जन सरोकार | comments | 14250 Views

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्वर ६ मौवा बेरिहवाकी २५ बर्षीया विवाहित युवती शिला नाउको जलेर मृत्यु भएको छ । परिवारका सदस्यले उनले आफैले शरीरमा मट्टितेल छर्केर आत्महत्या गरेको परिवारले बताए पनि माइतीजनले त्यो कुरा स्वीकार गरेका छैनन् ।

ads ads

कसैले ज्युँदै जलाएर हत्या गरेको आशंकासहित माइतीपक्ष छानबिनको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा आएपछि प्रहरीेले घटनाको छानविन भइरहेको बताएको छ । कपिलवस्तुका प्रहरी प्रमुख एसपी दीपशमशेर जबराले परिवारजनले आफै जलेर मृत्यु भएको बताए पनि माइतीपक्षले आशंका गरेपछि छानबिन गरिरहेको जानकारी दिनुभएको छ ।

प्रहरीले उनका श्रीमान जगदिश नाउबीच राम्रो सम्वन्ध नभएको पाइएको बताएको छ । जगदीश र शिलाको बिबाह पाँच छ बर्ष अघि भएको र बालबच्चा भने नभएको बताइएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More