शिल्पा पोखरेललाई पक्राउ गर्ने बाटो खुल्यो

13 November, 2019 11:50 |कला/मनोरन्जन , कलिउड | comments | 10200 Views

    चलचित्र निर्माता छविराज ओझासंग बहुविवाह गरेको अभियोगमा अभिनेत्री शिल्पा पोखरल पक्राउ पर्ने भएकी छिन् । मंगलबार सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ ।

    adsads

    न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले अभिनेत्री पोखरेलले आफूलाई पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध दायर गरेको रिट निवेदन खारेज गर्ने आदेश दिएपछि पक्राउ गर्न बाटो खुलेको हो ।

    यसअघि, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार पक्राउ पुर्जी कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । सो अन्तरिम आदेशका साथै रिट निवेदन आज खारेज भएको छ ।

    फिल्म निर्माता छवि ओझासँगको विवादमा जेठी श्रीमती हेमाकुमारी ओझाले बहुविवाह भएको उल्लेख गर्दै प्रहरीमा जाहेरी दिएपछि जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सो पुर्जी जारी भएपछि बहुविवाह मुद्दामा अनुसन्धान गर्न छवि र शिल्पा दुवैका नाममा पक्राउ पुर्जी जारी भएको थियो ।

    जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत पाटनमा अभिनेत्री पोखरेलले दायर गरेको रिट निवेदनमा जिल्लाको सदर गरेपछि सर्र्वोच्च अदालतमा वारेसमार्फत रिट निवेदन दर्ता गर्र्नुभएको थियो । सो निवेदन आज खारेज भएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More