एक चुम्बन एक चुम्बन

  • एक चुम्बन
  • एक चुम्बन
  • एक चुम्बन
  • एक चुम्बन
  • एक चुम्बन
  • एक चुम्बन

शिव परियारको “एक चुम्बन’‘मा स्वस्तिमा र सुजन (भिडियो सहित)

18 May, 2019 15:00 | कला/मनोरन्जन , कलिउड | comments | 18900 Views

 

एक चुम्बन

चर्चित गायक शिव परियारको नयाँ गीत “एक चुम्बन ‘को भिडियो सार्वजनिक गरिएको छ। डान्सिङ फ्लेवरको सार्वजनिक गीत “एक चुम्बन ‘लाई गायक शिव परियारले नै संगीत दिएका हुन् भने श्वेता मैनालीको शब्द रहेको छ ।

adsads

विजेश्वर राज तन्डुकारको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोमा चर्चित नायिका स्वस्तिमा खड्का र सुजन मार्पा तामाङको अभिनय रहेको छ । इन्डियन रियालिटी सो डान्स प्लसमा आफ्नो अमुक डान्स प्रदर्शन गरेर भारतीय र नेपाली दर्शकहरु माझ अत्यन्त चर्चामा रहेका डान्स प्लसका उप-विजेता सुजन मार्पा तामाङले कोरियोग्राफी तथा निर्देशन गरेको “एक चुम्बन ‘गीतलाई म्युजिक भिडियो पनि गीत जस्तै निकै रमाइलो र फरक तरिकाले निर्माण गरिएको छ ।

गीतलाई ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेका हुन् । नेपाली म्युजिक भिडियोको दुनियामा फुल क्रोमा सुटिंग गरिएको यस भिडियोलाई विकाश ज्ञवालीले थ्रीडी एनिमेसन सहित ग्राफिक्स गरेका हुन् । यस गीतको म्युजिक भिडियोलाई बजारमा आइरहेको म्युजिक भिडियो भन्दा फरक तरिकाले निर्माण गरिएको छ ।

“एक चुम्बन ‘गीत श्वेता मैनालीको एकल शब्द तथा शिव परियारको एकल गायन र संगीत रहने शिव परियारको १२ औ सांगीतिक संग्रह ‘शिवालय भाग २’ मा समावेश रहने छ । गीतलाई शिव परियारको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो –

शिव परियारको   ‘मलाई म जस्तै बन्न देऊ’ सार्वजनिक (भिडियो)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
एक चुम्बन

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!