शिव पौडेलद्वारा एनआरएनए जापानको अध्यक्षमा उम्मेदवारी घोषणा

6 August, 2019 14:10 |एन आर एन न्युज , जापान | comments | 49650 Views

    गैरआवासीय नेपाली संघ एनआरएनए जापानको नयाँ कार्यकालका लागि वर्तमान उपाध्यक्ष शिवप्रसाद पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । कास्की पोखरा समाज जापानका पूर्व अध्यक्ष समेत रहेका पौडेलले एनआरएनएलाई जापानवासी नैपालीहरुको साझा संस्थाका रुपमा सवैको अपनत्व गराउने प्रतिवद्धता गदै अध्यक्ष पदमा आफनो दावी गरेका हुन् ।

    adsads

    सन २००८मा एनआरएनए जापानको सदस्यता लिएका पौडेलले कान्तो क्षेत्रीय समितिमा २०१५–१७ मा सल्लाहकार भए पश्चात २०१७–१९ का लागि एनआरएनए जापानको उपाध्यक्ष पदमा सर्वाधिक मत ल्याएर विजयी भएका थिए । काँधमा आएको जिम्मेवारीलाई पहिलो प्राथमिकता दिने पौडेलले नयाँ नेतृत्व पाए संस्थालाई जापानवासी नेपालीहरुको अपनत्वका लागि सधै प्रतिवद्ध भएर काम गर्ने दावी गरेका छन् ।

    अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पौडेलले जापानवासी नेपालीहरुसामु आफ्नो प्रतिबद्धता जाहेर गर्दै आगामी कार्यकालका निम्ति योजनाहरु समेत सार्वजनिक गरेका छन् ।

    पौडेलले आफ्नो उम्मेदवारी घोषणा गर्दै जनाएका प्रतिबद्धताहरु-
    १. गैरआवासीय नेपाली संगठन जापानमा एक साधारण व्यक्ति पनि सहभागी हुनसक्छ भन्ने अपनत्व महसुस हुने संगठन निर्माणका निम्ति ।

    २. जापानमा रहेका राजनैतिक र सामाजिक संस्थासंग सुमधुर सम्बन्ध राखी हातेमालो गर्दै अगाडि बढ्न ।

    ३. क्षेत्रीय कमिटीसँग समन्वय गरी विभिन्न चेतनामूलक र सांस्कृतिक कार्यक्रम गर्ने र कोष वृद्धिको निम्ती पहल गर्ने ।

    ४. नेपाली उत्पादन र संस्कृतिलाई जापानमा प्रवद्र्धन गर्न प्रयास गर्ने ।

    ५. नेपालमा पर्यटन क्षेत्रको विकास गर्नको निम्ति जापानीलाई नेपाल भित्र्याउने अभियान चलाउने ।

    ६. युवाका लागि खेलकुदमा बिशेष पहल गर्ने ।

    ७. विद्यार्थी, कुक र व्यवसायीका समस्यालाई बुझेर समाधानतर्फ अग्रणी भूमिका निभाउने ।

    ८. जापानमा रहेका नेपाली समुदायमा त्यति चर्चा नभएको र एकदमै महत्वपूर्ण ठूलो विषय हो नेपाल र जापानबीच सामाजिक सुरक्षा सम्झौताको विषय । यसमा पहल गरेर नतिजा निकाल्न सकियो भने जापानमा लामो समय काम गरेर स्वदेश फर्कनुहुने नेपालीहरुले पेन्सनको रुपमा नियमीत उपदान रकम पाउन सक्नुहुन्छ । तर यसको लागि नेपालले पहल गर्नु आवश्यक छ । त्यसको लागि एनआरएनए जापानले अब पहलकदमी लिनेछ ।

    यो सम्झौता भएमा जापानमा १० बर्षभन्दा बढी समय काम गरेका नेपालीहरुले नेपाल फर्के पनि आजीवन उपदान पाउँनेछन् ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!