शुक्रबार १७ सय तीनजनामा संक्रमण पुष्टि, २३ जनाको मृत्यु

27 November, 2020 20:22 | जल/वातावरण/स्वास्थ्य | comments | 24000 Views

शुक्रबार नेपालमा थप १ हजार ७ सय ३ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । चौबीस घण्टामा दश हजार ४ सय ६० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १ हजार ७ सय ३ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै शुक्रबार थप २३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार २३६ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख नौ हजार ४३५ जना सङ्क्रमित निको भइसकेका छन् । हालसम्म १७ लाख दश हजार ४६० जनाको पीसीआर परीक्षण गरिएको छ ।

  

शुक्रबार थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २९ हजार ३४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो हाल १७ हजार २३७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका अनुसार शुक्रबार मृत्यु भएका २३ जना संगै कोरोना संक्रमणबाट एक हजार ४ सय ३५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल ६०१ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More