शेर्पा संघ टोकियोको पाचौँ अधिवेशन सम्पन्न

11 April, 2013 10:36 | जापान | comments | 34050 Views

शेर्पा संघ टोकियो जापानले गत अप्रिल ७ तारिक आईतवारको दिन टोकियो हाच्योबोरीस्थित हिमालयन मुन क्याफेमा आफ्नो पांचौ अधिवेशन सम्पन्न गरेको छ।

 

 

  

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा ल्हाक्पा गेलु शेर्पा, उपाधयक्षमा पेम्बा लामा (शेर्पा), उपाधयक्षमा आङ कान्छी शेर्पा, कान्छा बहादुर शेर्पा (केबी), महासचिवमा छेवाङ जाङ्बु लामा (शेर्पा), सहा-सचिबमा छिरीङ शेर्पा, कोषाध्यक्षमा छोङ्बा शेर्पा र सहा-कोषाध्यक्षमा कान्छा शेर्पा (सोनाम) रहेका छन। त्यसै गरि सदस्यहरुमा क्रमश कर्पु शेर्पा, आङ छिरिङ लामा (शेर्पा), आङ नुरु शेर्पा, कर्मा ग्याल्जे शेर्पा, छिरी शेर्पा, पासाङ दावा शेर्पा, ङावाङ शेरे शेर्पा, दोर्जी शेर्पा र पासाङ शेर्पा रहेका छन।

 

 

संस्थाको महासचिब पासाङ शेर्पाले उपस्थित सबैलाई स्वागत गर्दै संचलन गरिएको पहिलो चरणको कार्यक्रममा कोषाध्यक्ष कान्छा बहादुर शेर्पाबाट समितिको बार्षिक आय ब्यय प्रतिवेदन प्रस्तुत गरेको थियो ।

 
त्यसै गरी महासचिब शेर्पाले समितिको बार्षिक गतिबिधि तथा समिक्षा सहित भावी लक्ष्यहरुको प्रतिवेदनलाई प्रस्तुत गरिएको थियो । बार्षिक आयब्यय सहितको सम्पुर्ण प्रतिवेदनलाई पास गर्दै अधिबेशनले सर्वसहमतिद्वारा आगामी कार्यकालको लागि ल्हाक्पा गेलु शेर्पाको नेतृत्वमा १७ सदस्सीय कार्यकारिणी समिति चयन गरेको छ।

 
दोस्रो चरणको अंतरक्रिय कार्यक्रममा बिभिन्न बिषयहरु सम्बंधि छलफल गर्दै नयां कार्यसमिति चयनका लागि गठन गरेको निर्बाचन मण्डलद्धारा नयां कार्यसमिति गठन भएको घोषणा गरेको छ ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पहिरो

फेसबुक

पहिरो

ट्वीटर

सामाजिक सञ्जाल

More