शैक्षिक परामर्श केन्द्रमा तालिमप्राप्त प्रशिक्षकको अभाव

25 April, 2015 11:59 | क्षेत्रीय समाचार , जन सरोकार | comments | 61050 Views

Young adults

पोखराका ३० वटा शैक्षिक परामर्श केन्द्रहरुमा शिक्षा मन्त्रालयले अनुगमन गरेको छ ।

संचालन स्विकृतिका लागि शिक्षा मन्त्रालयमा निवेदन दिएका परामर्श केन्द्रहरुमा मन्त्रालयको टोलीले अनुगमन गरेको हो । अनुगमनको क्रममा टोलीले परामर्श केन्द्रहरुले आवश्यक मापदण्ड पुरा गरे-नगरेको विशेष ध्यान दिएको थियो ।

  

टोलीमा शिक्षा मन्त्रालयका उपसचिव नन्दलाल पौडेल, शैक्षिक परामर्शदाता तथा प्रमाणिकरण शाखाका अधिकृत तारानाथ निरौला र समन्वय समितिका सदस्य तथा नेपाल शैक्षिक परामर्श संघका केन्द्रिय अध्यक्ष राजेन्द्र बराल रहेका थिए । बुधबार र विहिबार गरी पोखराका करिब ३० वटा शैक्षिक परामर्श केन्द्रमा टोलीले अनुगमन गरेको थियो । यद्यपी पोखरामा शैक्षिक परामर्श केन्द्र भनेर संचालनमा आएका फर्महरु भने पोखरामा करिब एक सयको हाराहारीमा छन् ।

‘धेरैजसो फर्महरुमा पुर्वाधारको शुरुवात भएको पाएका छौँ ।’ अनुगमनपछि टोलीमा रहेका उपसचिव पौडेलले भने–‘अझै केही सुधार गर्नुपर्ने कुराहरु छन्, चाँडै फर्महरु पर्फेक्ट होलान् भन्ने हामीलाई लागेको छ ।’विशेषगरी पोखराको हकमा शैक्षिक परामर्श केन्द्रहरुमा तालिमप्राप्त प्रशिक्षकहरु निकै कम रहेको पाईएको उनले बताए ।

शिक्षा मन्त्रालयले शैक्षिक परामर्श केन्द्रहरुलाई संचालनको स्विकृति दिनका लागि कम्पनी दर्ता भएको हुनुपर्ने, कर चुक्ता भएको हुनुपर्ने, तालिमप्राप्त परामर्शदाता कम्तीमा २ जना हुनुपर्ने, भाषा शिक्षणको लागि सम्बन्धित भाषामा एक वर्ष तालिम लिएको प्रशिक्षक हुनुपर्ने र आवश्यक पुर्वाधार हुनुपर्ने प्रावधान बनाएको छ ।

अनुगमन टोलीमै सहभागी नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष राजेन्द्र बरालले अनुगमनबाट जाने प्रतिवेदनकै आधारमा शिक्षा मन्त्रालयले परामर्श केन्द्रहरुलाई संचालन स्वीकृति दिने बताए । ‘यसरी मन्त्रालय अन्तरगत रहने गरि परामर्श केन्द्रहरुलाई स्विकृति दिँदा यो क्षेत्र पारदर्शी र व्यवस्थित हुने हामीले अपेक्षा गरेका छौँ ।’ बरालले भने–‘परामर्श केन्द्रहरु कस्तो अवस्थामा संचालन भएका छन् र शिक्षा मन्त्रालय मातहत आउन कस्ता पुर्वाधारहरु तयार गर्नुपर्छ भन्ने कुरा पनि अनुगमनले बताउनेछ ।’

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More