श्रम स्वीकृतिको काम छिटो गरीदिन्छु भनी नगद लिने पक्राउ

3 May, 2019 18:39 | जन सरोकार | comments | 11250 Views

ताहाचलस्थित श्रम तथा बैदेशिक रोजगार कार्यालय बाहिर श्रम स्वीकृतिको काम छिटो गरिदिन्छु भनि सेवाग्राहीबाट २ हजार रुपैयाँ लिने एक व्यक्ति पक्राउ परेका छन् ।

समाचार अनुसार काठमाडौं महानगरपालिका १३ बाफल बस्ने पाल्पा खानीगाउँ घर भएका ४० वर्षीय पिताम्बर गैरे बिहीबार दिउँसो पक्राउ परेका हुन् ।

adsads

कार्यालय बाहिर पानी विक्री वितरण गरी हिंड्ने गैरेले श्रम स्वीकृतिको लागि लाईनमा बसेका २ जना सेवाग्राहीलाई छिटो काम गरिदिन्छु भन्दै रकम लिएका थिए ।

उनले दुईजनालाई प्रलोभनमा पारी उनीहरुबाट जनही एक एक हजार रुपैयाँ नगद लिएको अवस्थामा सो स्थानमा ड्युटीमा खटिएको प्रहरी र श्रम कार्यालयका कर्मचारीले फेला पारी पक्राउ गरिएको हो ।

चार दिनमा ६४ जनाले लिए मलेसियाका लागि श्रम स्वीकृति

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

दिनेश भण्डारी

फेसबुक

दिनेश भण्डारी

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!