श्रीकृष्ण सिम्खडाको प्रश्न- प्रजातन्त्र लोकतन्त्र र गणतन्त्रमा कति धनाढ्य जन्मे ? (भिडियोसहित)

13 June, 2019 13:55 | राजनीति | comments | 10650 Views

प्रधानमन्त्री ओलीदेखि प्रचण्ड र शेरबहादुरको बनाए यस्तो हविगत अनि वीपीको सनसनीपूर्ण क्यारिकेचर

“राजनीति गरिखानेको हुनुपर्नेमा हुनेखानेको हुन थालेको छ- राजनीति विग्रियो भने सबै विग्रन्छ । समाजलाई सही दिशादिने मूल नीति राजनीति हो तर त्यही नीति सही बाटोमा हिंडेपछि अरु नीति ध्वस्त हुने नै भयो ।

adsads

…… वातावरणीय प्रदूषणदेखि हरेक क्षेत्रमा प्रदूषण फैलिएको छ । फोहोरमैला देशको सबभन्दा ठूलो समस्या हो । मलाई त कहिलेकाहीं दूषित वातावरणकै कारण सबैको मस्तिष्क दूषित भएको त हैन भन्ने लाग्यो र चक्रपथ सफाई अभियानमा होमिए ।….

…. सफाईमा होमिएपछि अर्को तत्वज्ञान भयो महंगो हुस्की खाने विलाशी गाडीमा हुइकिने तर जथाभावी फोहर गर्नु हुन्न भन्ने चेतना यो २१ औं शताब्दीमा हामी महानगरबासीहरुमा समेत नहुनु एउटा विडम्बनापूर्ण स्थिति हो । केही सय मानिस जागेर सफाई अभियान चलाइरहे पनि सरसफाईका विषयमा सरकार चुकेको छ ।

…. मुलुक विकासका लागि सरसफाई महत्वपूर्ण कडी हो । सरसफाईबाटै शारीरिक र मानसिक रुपमा स्वस्थ नागरिक तयार हुन्छ । अहिले वाग्मती सफाई महाअभियान अनि चक्रपथ सफाई अभियान चलिरहेको छ । हरेक हप्ता व्यापक जनसहभागिताकाबीच सफाई हुन्छ तर नतिजा सोचेजस्तो भएको छैन ।

उपरोक्त टिप्पणी हुन् चक्रपथ सफाई अभियानका संरक्षक, कलाकार तथा पत्रकार श्रीकृष्ण सिम्खडाको । वातावरणीय सफाईसंगै राजनीतिमा पनि सफाईको आवश्यकता देख्नुहुने सिम्खडाले भिजन नेपाल एचडीसंगको कुराकानीमा मुलुकको पछिल्लो अवस्थाका बारेमा पनि सटीक टिप्पणी गर्नुभएको छ ।

नेपालमा क्यारिकेचरको जन्मदाताका रुपमा स्थापित सिम्खडाले कुराकानीका क्रममा मुलुकका शीर्ष नेताहरुको आवाजमा वर्तमान राजनीतिक अवस्थाको चित्रण पनि गर्नुभयो ।

चक्रपथ सफाई अभियामा कलाकार सिम्खडाको क्रेज

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

फेसबुक

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!