श्रीदेवीको जीन्दगीका खास कुराहरु !

14 August, 2019 18:03 |कला/मनोरन्जन | comments | 21450 Views

    ‘रुपकी रानी’ श्रीदेवीको जन्म सन् १९६३ अगस्ट १३ मा भएको थियो । उनको कार्डियक अरेस्टका कारण सन् २०१८ फेव्रअरी २४ मा निधन भएको थियो ।

    adsads

    मिजासिलो बानी र उत्कृष्ट अभिनयका कारण सबैको मन मस्तिष्कमा बस्न सफल भएकी श्रीदेवीका जीवनका धेरै चाखलाग्दा कुराहरु छन् । ४ वर्षमा शुरु गरेकी थिइन् करियर श्रीदेवीको पूरा नाम श्रीअम्मा अंगर अय्यपन हो ।

    उनले सिल्भर स्क्रिनको लागि आफ्नो नाम बदलेर श्रीदेवी राखेकी थिइन् । बाल कलाकारको रुपमा बलिउडमा पाइला टेकेकी श्रीदेवीले आफ्नो जीवनको अन्तिम क्षणसम्म बलिउडमा नै जोडिइरहिन् ।

    फिल्मको लागि उनले पढाइ छोडिन् । तामिल र तेलुगु जस्ता भाषामा पोख्त श्रीदेवीलाई हिन्दी भाषा भने आउँदैन थियो । विस्तारै उनी धेरै भाषामा पोख्त भइन् । र उनले थुप्रै फिल्म खेलिन् । उनलाई विशेषगरि ‘हिम्मतवाला’ फिल्मले चर्चामा ल्याएको थियो ।

    उनको नाम फिल्म क्षेत्रका मिथुन दासँग जोडियो । विभिन्न मिडियाहरुले उनीहरुको विवाह समेत भइसकेको हल्ला फैलाए । केहि समयमानै उनीहरु अलग्गिएको खबर आउनेवित्तिकै बोनी कपूरसँग विवाह गरिन् । त्यसपछि उनले सन् १९९७ मा फिल्मबाट टाढिएको घोषणा गरेकी थिईन् । पछि उनी पुनः सन् २०१२ मा फिल्म ‘इंग्लिश विंग्लिश’ मा काम गरिन् । उनका आफन्तका अनुसार बोनी कपूरलाई एउटा प्रोजेक्टमा निकै ठूलो घाटा भएपछि ऋण चुक्ता गर्नको लागि श्रीदेवीले बाध्यतामा बलिउड प्रवेश गरेकी थिइन् ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!