श्रीमतीको आक्रमणबाट अस्ट्रेलियामा सन्तोषको मृत्यु पत्नी प्रहरी हिरासतमा

24 November, 2019 19:20 |प्रबास | comments | 12600 Views

    अस्ट्रेलियाको सिड्नीस्थित ग्रान्भिलमा बसोबास गरिरहेका नेपाली दम्पत्तिबीच शनिबार सामान्य झगडा हुँदा पत्नीले धारिलो हतियारले आक्रमण गरिन् । हतियार आक्रमणबाट पतिको मृत्यु भयो ।

    adsads

    सामान्य विषयमा झगडा हुँदा रुपन्देहीका सन्तोष गौतमले परदेशमा आफ्नै पत्नीको हातबाट मृत्युवरण गर्नुपर्यो । हत्या आरोपमा सन्तोषकी श्रीमती पक्राउ परेकी छन् । उनलाई एनएसडब्लु प्रहरी फोर्सले अदालतमा पेस गर्दैछ ।

    मिडिया रिपोर्टका अनुसार शनिवार साँझ केही सामान्य विषयलाई लिएर उनीहरूबीच झगडा भएको थियो । झगडाले उग्ररुप लिएपछि श्रीमतीले धारिलो हतियार प्रयोग गर्दै श्रीमानको हत्या गरेको बताइएको छ ।

    टाउकोमा गम्भीर चोट लागेर अचेत बनेका युवालाई राति अबेर पारामेडिक्सले अस्पताल पुर्‍याइएको थियो । तर, उनी बाँच्न सफल भएनन् । त्यस्तै झगडामा घाइते भएकी उनको अवस्था हाल सामान्य रहेको बताइएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More