श्रीमतीले श्रीमानसँग यस्ता कुरा लुकाउँछन् !

14 August, 2019 17:14 | बिचित्र | comments | 36750 Views

श्रीमान–श्रीमतीको सम्बन्धलाई एक रथको दुई पांग्राका रुपमा लिइन्छ । जीवन चल्नलाई ‘रथ’ गुड्नैपर्छ यो सवैलाई थाहा भएकै कुरा हो ।

adsads

श्रीमान–श्रीमतीबीचको सम्बन्ध सुमधुर बनाउन उनीहरुबीच विश्वास चाहिन्छ । एउटाको आड–भरोसा अर्कालाई पनि उत्तिकै आवश्यक पर्छ । त्यसैले श्रीमानले विश्वास दिलाउन श्रीमतीसँग आफ्ना सवैकुरा सेयर गरिरहका हुन्छन् । तर, श्रीमती भने यस्ता कुरामा केही कठोर हुन्छन् ।

श्रीमतीले केही गोप्य कुराहरु श्रीमानसँग समेत लुकाउने गरेको एक अध्ययनले देखाएको छ । त्यस्ता के कुरा हुन् रु जसको बारेमा यहाँ उल्लेख गरिएको छ– कुनै कार्यालयमा काम गर्ने महिलाले त्यहाँबाट आफूलाई मिलिरहेको सफलता आफ्नो श्रीमानलाई तत्कालै भन्दिनन् । किनकी श्रीमानलाई यो कुराले समस्या नहोस् किनकी उनी श्रीमान भन्दा माथि गइरहेकी छिन् ।

श्रीमतीले आफ्नो बैंक अकाउंट र रुपैयाँको लेनदेनको बारेमा श्रीमानलाई छिट्टै बताउँदैनन् । किनकी भविष्यको चिन्ता श्रीमानलाईभन्दा बढी श्रीमतीलाई हुन्छ । श्रीमती आफूलाई भएको स–साना समस्यबारे पनि श्रीमानलाई भन्दिनन् । किनकी उनको श्रीमानलाई यो कुराले अप्ठ्यारो महसुस नहोस् । सामान्य समस्या आफै हल गर्नेतर्फ उनीहरु क्रियाशील रहन्छन् ।

महिलाले आफ्नो घरको आर्थिकस्थिति समेत अरुलाई बताउँदैनन् अर्थात् श्रीमानलाई पनि सा–साना कुरा भन्दैनन् । महिला आफ्नो यौनइच्छाका बिषयमा समेत श्रीमानसँग खुलेर कुरा गर्दैनन् । उनी श्रीमानलाई यो विषय भन्न अप्ठ्यारो महसुस गर्छिन् । एजेन्सी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!