श्रीमती र छोरालाई तेल छर्की आगो लगाउने पक्राउ

20 August, 2019 18:11 |जन सरोकार | comments | 16200 Views

    आफ्नै श्रीमती २५ वर्षीया बिमला लम्साल र २ वर्षीय छोरालाई तारपिनको तेल छर्की आगो लगाएको अभियोगमा धादिङको सिद्धलेख गाउँपालिका १ धारापानी बस्ने जिवेश लम्साललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

    घरायसी झगडाको कारण जिवेशले श्रीमती र छोरालाई तारपिनको तेल छर्की आगो लगाएको अभियोगमा लम्साललाई प्रहरी चौकी नलाङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

    adsads

    घाइते दुवै जनाको जिल्ला अस्पताल धादिङवेशीमा उपचार भइरहेको छ ।  यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    उता उदयपुरमा आफ्नै श्रीमती ३० वर्षीया मन्जु पुलामी आले मगरलाई कुटपिट गरी हत्या गरेको अभियोगमा बेलका नगरपालिका ५ बस्ने तिर्थ आले मगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

    घरायसी विवादका क्रममा तिर्थ आलेको कुटपिटबाट घाइते श्रीमती मन्जु पुलामीको उपचारको क्रममा धरानस्थित घोपा अस्पतालमा मृत्यु भएकोले ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले आलेलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!