श्रीमानलाई जेल पठाएर बुहारी ससुरासँग मस्त !

19 June, 2019 14:10 |बिचित्र | comments | 59250 Views

    पछिल्लो समय यौन सम्बन्धी धेरै घटनाक्रमहरु बाहिरिरहेका छन् । अहिले ७० वर्षको ब्रिद्वले ७ वर्षकी बालिकाको बलात्कार, आफ्नै बाबुबाट छोरी बलात्‍कृत, हजुरबुवाले नातिनीको बलात्कार लगायत विभिन्न यौन शोषन सम्बन्धी घटनाहरु दिनदिनै बाहिरी रहेका छन् ।

    adsads

    अहिलेको कलियुगमा समाजले नैतिकता गुमाउन थालेपछि यौनका लागि मानव जातिले नसोचेका अनौठा अपराधिक घटना हुन थालेका हुन् । यस्तै, अनौठो घटना भारतको अमृतपुर जिल्लामा पनि सार्वजनिक भएको छ । जहाँ एक महिलाले आफ्नै श्रीमानलाई जेल पठाएर ससुरासँग मस्ती गर्दै आएको खुलासा भएको हो ।

    श्रीमानसँग विवाह गरेर आएको केही समयमै जवान ससुराको मायाजालमा फसेकी महिलाले यस्तो कदम उठाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अमृतपुरका अमृतपाल सिंहलाई उनकै श्रीमतीले आत्महत्या गर्न खोजेको झुटो आरोपमा जेल पठाएर ससुरासँग शारिरिक सम्पर्क राख्दै आएको खुलेको हो ।

    यो खुलाशा अमृतपालले एक भिडियो मार्फत गरेका छन् । श्रीमतीले धोका दिएर आफ्नै बुवासँग सम्बन्ध राखेपछि सहन नसकेर अमृतपालले गएको शुक्रबार श्री दरबार साहिबको अगाडि आत्महत्या गरेका थिए । आत्महत्या गर्नु अगाडि भिडियो सार्वजनिक गरेर उनले यस्तो खुलासा गरेको समाचारमा जनाइएको छ ।

    अमृतपाल सिंहले भनेका छन् कि मेरी पत्नीको मेरा बुबा (पत्निका ससुरा) सँग नाजायज सम्बन्ध थियो, जसका कारण मलाई मार्न पहिलेपनि कोशिश गरिएको थियो, र आत्महत्या गर्न खोजेको आरोपमा मलाई केही समय जेल पनि पठाइयो ।

    त्यो सहन नसकेर म संसारबाट बिदा लिने निर्णयमा पुगेको हुँ ।’ यो खबर सार्वजनिक भएपछि समाजिक सञ्जालमा उनले बोलेको भिडियो भाईरल बनेको छ । यस विषयमा प्रहरीले कुनै प्रतिक्रिया जनाएको छैन् ।
    एजेन्सी

    यो पनि पढ्नुहोस्ः

    ससुराको हत्या, घाइते बुहारी प्रहरी नियन्त्रणमा

    बुहारीलाई छोरी बनाएर अन्माए

    अवैध सम्बन्धको आरोपमा जेठाजु बुहारीलाई वडा अध्यक्षको चरम यातना (भिडियो)

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!