श्री ज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले एघारैँ साधारण सभा राजधानीमा सम्पन्न

8 September, 2018 16:04 | तीज विषेश भिडियोहरु | comments | 28200 Views

श्री ज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले एघारैँ साधारण सभा विहीबार राजधानीमा सम्पन्न भयो । साधारण सभाको उद्घाटन गर्दै नेपाल सहकारी वोर्डका केन्द्रीय अध्यक्ष केबी उप्रेतीले महिलाहरुलाई उद्यमशीलतातर्फ अग्रसर गर्न सहकारीहरुले उल्लेख्य भूमिका निर्वाह गरेको स्मरण गर्दै ज्योति बहुउद्देश्यीय सहकारी संस्थाले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंशा गर्नुभयो ।

संस्थाका सल्लाहकार वेदप्रसाद लावतीले सहकारीको सिद्धान्त अनुसार पारदर्शी रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा विशेष अतिथिहरु महिला वातावरण समूहकी अध्यक्ष अञ्जुसिंह शाह र रोटरियन वसन्ती शाही ,अतिथिहरुमा लायन्त क्लब अफ डाँफेका संस्थापक अध्यक्ष महेश आचार्य, महानगरीय प्रहरीवृत्त बौद्धका प्रमुख डिएसपी श्यामकुमार राई, लेखापरीक्षकद्वय हेमबहादुर कार्की र माधव अधिकारी, राष्ट्रिय धूप उद्योग महासंघकी केन्द्रीय अध्यक्ष चन्दा पोखरेल उपस्थिति रहेको थियो ।

  

साधारणसभाले अध्यक्ष दुर्गादेवी मैनालीको प्रगति, कोषाध्यक्ष रेणु ढुंगेलको आर्थिक र लेखा समिति संयोजक जेवेस चाम्लिब राई प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन पारित गरेको छ । साधारण सभामा कम उमेरमा बालबचत कर्ता प्रसिमा शाही ठकुरी र बाबु खत्री तथा जेष्ठ वचत कर्ता दिव्यरुपा बराल शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।साथै, सोही अवसरमा नव शेयर सदस्यहरुलाई शेयर प्रमाणपत्रका साथै स्वागत गरिएको थियो ।

संस्थामा ५६ लाख ८२ हजार ८ सय ४८ रुपैयाँ शेयर पुँजी रहेको छ भने चालु बचत हिसाब १ करोड २२ लाख, ४१ हजार ४०५ रुपैयाँ रहेको छ । यसैबीच, श्री ज्योति बहुउद्देश्यीय सहकारी संस्थाले हरितालिका तिजको पावन अवसरमा बुद्धिष्ट
बालगृहमा रहेका बालबालिकाहरुसँग सामुदायिक दर खाने कार्यक्रम समेत सम्पन्न गरेको छ ।

सो अवसरमा तिज सम्बन्धी विभिन्न गीतहरु कलाकारहरुले प्रस्तुत गर्नुभएको थियो । कलाकारहरु कल्पना नेपाल, कृष्ण गैरे, कल्पना सिलवाल, उर्मिला पौडैल लगायतले तिजसम्बन्धी गीत प्रस्तुत गर्नुभएको थियो । सो कार्यक्रमको सञ्चालना देविका(मुना) न्यौपानेले गर्नुभएको थियो ।

आभा मुकारुङको तिज गीत सार्वजनिक (भिडियो सहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More