संगठन गतिलो भएको भए त चुनाव जितिहालिन्थ्यो नि : महेन्द्र श्रेष्ठ

29 March, 2019 16:23 | अन्तरवार्ता | comments | 59100 Views

नेपाली कांग्रेस पार्टी काभ्रेपलाञ्चोकको क्षेत्रीय सभापति, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि भइसक्नुभएका महेन्द्र श्रेष्ठ यतिबेला निस्क्रिय देखिनुहुन्छ राजनीतिमा । पार्टी गतिविधिमा निस्क्रिय रहे पनि उहाँ जिल्लाको पार्टी संगठनका विषयमा सचेत हुनुहुन्छ ।

adsads

श्रेष्ठसंग काभ्रेपलाञ्चोक जिल्लाको संगठनको अवस्थाबारे नेपाल–जापानका लागि सूर्यप्रसाद कोइरालाले गर्नुभएको कुराकानी प्रस्तुत छ–

० तपाई राजनीतिमा के कारण उत्प्रेरित हुनुभएको हो ?
म राजनीतिक परिवारमा जन्मे–हुर्केको मानिस हुँ । राजनीतिक संस्कार मैले मेरो बुबाबाटै पाएुँ । म कुनै एकजना साथीको घरमा घएका बेला त्यहाँ विश्वेश्वरप्रसाद कोइरालाको एउटा किताब पढ्ने अवसर पाएको थिएँ । त्यही किताब नै मलाई राजनीतिमा उत्प्रेरित गर्ने शक्ति बन्यो । त्यसपछि समाजमा आपूmले केही योगदान दिनुपर्छ भन्ने भावना ममा जागृत हुँदै गयो । राजनीतिमा राजनीतिक कुरा मात्र गर्नुभन्दा समाज सेवालाई राजनीतिको माध्यम बनाउनु पर्छ भनेर म लागिपरेको हुँ । निःस्वार्थ भावनाले राजनीति गर्ने हो भने राजनीतिक पार्टी पनि एउटा पवित्र संस्था नै हो ।

० अहिले समसामयिक राजनीतिबारे कस्तो धारणा छ तपाईको ?
अहिले तपाई देखिरहनुभएको छ जुनसुकै नेताले पनि राजनीतिलाई पेशा बनाएर आफू र आफ्नो व्यक्तिगत सम्पन्नता हासिल गर्नु नै एक मात्र ध्येय देखियो । तर राजनीति त पवित्र सोच बनाएर समाजसेवाका रुपमा लिइनु पर्ने थियो । यसो हुन नसक्नु आजको विडम्बना हो । देशमा त्यस्तो इमान्दार राजनैता म देखिरहेको छैन ।

० कांग्रेस पार्टीको अहिलेको अवस्थाबारे के धारणा छ यहाँको ?
कांग्रेस पार्टी अहिले भूमिकाविहीन भएर बसिरहेको देख्छु म । कांग्रेसले आफ्ना विचार मासमा लग्दा देशै तरंगित हुनुपर्नेमा त्यसो हुन सकिरहेको छैन । कांग्रेसले जनताको मन छुने विचार र आदर्श बोकेर अगाडि जानुपथ्र्यो । त्यो भइरहेको छैन । कांग्रेसका आदर्श, नीति र विचार समयानुकूल परिवर्तन हुनुपर्छ ।

० अब कांग्रेस एक नम्बरको पार्टी हुन के गर्नुपर्ला ?
पहिलो कुरा त संगठन नै हो । संगठनविना कांग्रेस पार्टी अगाडि बढ्न सक्दैन । यसका लागि पहिले पार्टीले असल कार्यकर्ताको पहिचान गरी तदनुरुप भूमिका दिनसक्नुपर्यो । ‘राइट म्यान राइट प्लेस’को सिद्धान्त पनि पार्टीले भुल्नु भएन । मतका हिसाबले आज पनि कांग्रेस १ नम्बरकै पार्टीका रुपमा छ । यसलाई पार्टीले अड्याएर राख्न सक्नुप¥यो ।

० पार्टीभित्रको गुटबन्दीलाई कसरी व्यवस्थापन गर्न सकिन्छ जस्तो लाग्छ ?
पार्टीभित्र अराजक किसिमले मौलाउँदै गएको गुटबन्दीलाई व्यवस्थापन गर्नु त्यति सहज म देख्दिन । त्यसका लागि नेतृत्वले उच्च नैतिक मनोबल र फराकिलो सोच राखेर सबैलाई समेट्दै अगाडि जान सके केही हदसम्म गुटबन्दी अन्त्य हुनसक्छ । गुटबन्दी गर्ने नेताले पनि नेतृत्वको नेतृत्वलाई स्वीकार गर्न सक्नु पर्दछ । यसो हुन सकेमा मात्र गुटबन्दी अन्त्य हुनसक्छ ।

० काभ्रेपलाञ्चोकमा अहिले पार्टीको संगठन कस्तो छ त ?
संगठन राम्रो भएको भए चुनाव हामीले जितिहाल्थ्यौँ । यसैबाट थाहा हुन्छ, जिल्लामा पार्टीको संगठनको अवस्था । पार्टीभित्र विचार र आदर्शको राजनीति गरिरहेका साथीहरू पाखा पर्नु र पैसा र गुन्डागर्दीलाई नेतृत्वले प्रश्रय दिँदा आज काभ्रे कांग्रेस कमजोर भएको ठान्छु म । यो अवस्थालाई सुधार गर्दै जाने हो भने काभ्रे कांग्रेसको संगठन बलियो हुन्छ ।

० जिल्लामा पार्टी संगठन मजबुत बनाउन के कस्ता तयारी गरेर अगाडि बढ्नु पर्छ तपाईको विचारमा ?
सर्वप्रथम पार्टीभित्रका असल र निष्ठावान् कार्यकर्ताहरूलाई जिम्मेवारी दिइनु पर्यो । पार्टीको संगठनलाई वडा तहसम्म चलायमान तुल्याइरहनु पर्यो । भातृ संगठनहरूलाई मजबुत बनाएर वडा तहसम्म बिस्तार गरिनुपर्यो । पार्टीको नर्सरीका रुपमा लिइने नेपाल विद्यार्थी संघलाई निष्पक्ष र चुस्त ढंगले परिचालन गर्न सक्नुपर्यो । प्रशिक्षण आदिजस्ता क्रियाकलाप पार्टीले बेलाबेलामा गरिरहनु पर्यो । यसो भयो भने संगठन मजबुत हुनसक्छ भन्ने मेरो सोचाइ छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

फेसबुक

११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!