नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा

  • नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा
  • नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा
  • नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा
  • नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा
  • नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा

संचारमन्त्री बाँस्कोटाले रकम माग्ने ‘हामी’भित्र कोको पर्छन् ?

20 February, 2020 20:27 | राजनीति | comments | 53700 Views

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा

नेपाली काग्रेसले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रेस खरीद गर्दा हामीलाई कति रकम आउँछ भनेर एजेन्टसंग गरेको प्रश्नमाथि गम्भीर सवाल उठाउँदै त्यो ‘हामी’भित्र कोको पर्छन् भन्दै प्रधानमन्त्री केपी ओलीसंग प्रश्न गरेको छ ।

बिहिबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मन्त्री बाँस्कोटाले अडिओ टेपमा हामीलाई चाहियो रकम भनेको भन्दै शर्माले हामीको परिभाषाभित्र कोको पर्ने हो भन्ने प्रश्न गर्नुभएको हो ।

  

शर्माले भन्नुभयो ‘हामीलाई चाहियो रकम भन्दै गर्दा त्यो हामीको परिभाषाभित्र कोको पर्छन् त भन्नेकुराको जवाफ त हामीले प्रधानमन्त्रीसँग माग्नुपर्ने हुन्छ’ ।

शर्माले पत्रकार सम्मेलनममा मन्त्री बाँस्कोटाले बोलेका शब्दावली सुन्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउँदै भन्नुभयो- ‘भ्रष्टचारीको मुख हेर्दिनँ भन्नु हुने प्रधानमन्त्रीज्यूले आफ्नै मन्त्रिमण्डलको एउटा मन्त्रीजी (गोकुल बाँस्कोटा)को अडिओ यसरी सार्वजनिक भएको अवस्थामा म मुख त हेर्दिनँ भनेको थिएँ, सुन्दिनँ भनेको कहाँ थिएँ र भन्नुभयो भने अलग कुरा हो,’ शर्माले भने, ‘मुख हेर्ने/नहेर्ने अर्को प्रश्न। तर सुन्न त सक्नुहुन्छ होला नि, प्रधानमन्त्रीज्यूले? प्रधानमन्त्रीले सुन्नुपर्छ।’

‘अडिओ सुन्दै गर्दा प्रधानमन्त्रीले ती शब्द पनि सुन्नुभयो होला नि, जुन राज्य प्रशासन स्थायी सरकार भनेर कर्मचारी प्रशासनलाई भनिन्छ। कर्मचारीको सन्दर्भमा औपचारिक वा अनौपचारिक कुनै पनि राजनीतिककर्मीले अपशब्द राख्ने कुरा अत्यन्त आपत्तिजनक र अशोभनीय छ,’ प्रवक्ता शर्माले भने।

‘सरकारको एकजना मन्त्रीले भन्दा पनि प्रवक्ताका रूपमा सरकारको धारणा नै गाँसिन्छ। जुन अभिव्यक्ति मन्त्रीजीबाट आएको छ त्यो अशोभनीय छ। यो विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराउँछौं,’ प्रवक्ता शर्माले भने।

‘प्रधानमन्त्रीको अभिव्यक्ति के थियो भने, सरकारको कसैले विरोध गर्न लाग्यो भने अमुक मन्त्री (गोकुल बाँस्कोटा) को मुख हेर्‍यो भने चुप लाग्छन् भन्नुहुन्थ्यो,’ उनले भने, ‘अमुक मन्त्रीजीले बोलेको शब्दावली र उहाँको घनिष्टता हेर्दा हामी भन्ने शब्दभित्र को-को पर्छन् भन्ने प्रश्न हामीले उठाउनु स्वभाविक हुन्छ।’

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More