संविधानको मर्म र भावनानुसार फैसला आउने प्रचण्डको विश्वास
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै सर्वोच्च अदालतबाट संविधानको मर्म र भावनानुसार फैसला आउने विश्वास व्यक्त गर्नुभएको छ ।
अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ)ले पेरिसडाँडामा आयोजना गरेको ‘२० औँ मजदूर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रम’लाई सम्बोधन गर्दै उहाँले जनयुद्ध र जनआन्दोलनका बलमा संविधानसभाबाट घोषणा भएको संविधानअनुसार गठन भएको सर्वोच्च अदालतलबाट प्रतिनिधिसभा पुनःस्थापना हुने जिकिर गर्नुभयो ।

सरकारको सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि उक्त विषय सर्वोच्च अदालतबाट निरुपण हुने क्रममा रहेको छ । प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा बहस सकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको छ । केहीदिनभित्रै फैसला आउने अपेक्षा गरिएको छ । “नयाँ संविधानअनुसार बनेका निकायले संविधानको मर्म र भावनाअनुसार काम गर्नेछन्”, उहाँले भन्नुभयो, “ प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भन्ने पूरा विश्वास छ ।”
संविधान गतिशील र जीवित दस्तावेज भएको उल्लेख गर्दै उहाँले जनताको पक्षमा जहिले पनि संविधान संशोधन गर्न सकिने बताउनुभयो । दोस्रो पटक आफू प्रधानमन्त्री हुँदा जनतालाई अधिकार दिनुपर्छ भनेर संविधान संशोधन गर्न प्रस्ताव लगेको स्मरण गर्दै उहाँले राष्ट्रिय आवश्यकतानुसार संविधान संशोधन गर्न सकिने प्रष्ट पार्नुभयो ।
नेकपा मजदूर फ््रयाक्सन इञ्चार्ज जयपुरी घर्तीले मुलुकको परिवर्तनमा श्रमिक वर्गको भूमिका महत्वपूर्ण रहे पनि त्यसपछि बनेका सरकारले मजदूरका अधिकार सम्बोधन गर्न नसकेको गुनासो गर्नुभयो । “जनयुद्ध, जनआन्दोलनमा मजदूरको भूमिका अतुलनीय रह्यो तर आज तिनै मजदूर विनापारिश्रमिक कामबाट निष्काशित हुनु परेको छ”, उहाँले भन्नुभयो । कार्यक्रममा शहीद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको थियो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- हटाउन नसक्ने भएपछि अविश्वास प्रस्ताव फिर्ता लिए : बस्नेत
- प्रधानमन्त्री ओलीद्वारा नेपाली सेनाको उच्च प्रशंसा
- भागरथी हत्या प्रकरणः आरोपितको चौथोपटक म्याद थप
- समाचार प्रभावः ‘जुम्लाले उच्च शिक्षा छात्रवृत्ति पायो’
- प्रधानमन्त्रीले राजीनामा नदिएकोमा प्रचण्ड-नेपालको आक्रोश, निर्वाचन आयोगलाई पत्र लेख्ने
- देउवा सरकार चलाउने जिम्मेवारी आए पछि नहट्ने, नेता पौडेल प्रतिपक्षमै बस्न रुचाउने
- मौलिक हकको पूर्ण कार्यान्वयन भए मानवाधिकारको पालना हुने
- यसरी बढ्यो फेवातालको क्षेत्रफल दुई हजार पाँचसय रोपनी क्षेत्रफल
- खोप लगाएपछि सभामुख सापकोटाको सुझाव- निर्धक्क भएर लगाउनुस्
- इराकस्थित अमेरिकी सैनिक अखडामा १० वटा क्षेप्यास्त्र प्रहार
- जहाँका महिला डोको–डालो बनाएरै आम्दानी गर्दै घर चलाउँछन्
- प्रचण्ड, सभामुख सापकोटा लगायत सांसदहरुलाई कोरोना बिरुद्धको खोप
- नारी दिवसको अवसरमा रमाइलो खेल : श्रीमतीले श्रीमान् बोकेर दौडिने
- सरकार र चन्द समूहबीच पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख
- राउटे अगुवाद्वारा मुख्यमन्त्री शाहीसँग खाना र पाल माग
- सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने अध्यक्ष नेपालको प्रतिबद्धता
- फेवातालको विवरण पहिलोपल्ट राजपत्रमा : मापदण्ड कायम गर्न निर्देशन
- क्रसर उद्योगीको मनोमानी, रोकिएन कालीगण्डकी दोहन : सङ्कटमा शालिग्राम
- आफूलाई राष्ट्रपति पदको लोभमा मुछेकामा वरिष्ठ नेता पौडेलको आपत्ति
- सभामुख सापकोटाद्वारा प्रतिनिधिसभा बैठक कक्षको अवलोकन
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


