संसदको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीद्वारा नीति कार्यक्रम प्रस्तुत

3 May, 2019 19:42 | राजनीति | comments | 11100 Views

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त बैठकलाई सरकारको आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गदै राष्ट्रपति भण्डारीले सरकारले आर्थिक अपराध नियन्त्रण, सुशासन कायम गरेको र लगानी भित्र्याउन सफल भएको दावी गर्नुभएको छ ।

adsads
उहाँले विकासको गति अघि बढेको र नदीहरुमा स्टिमर चल्न थालेको बताउनुभयो ।

प्रतिनिधिसभा र राष्ट्रयसभाको शुक्रबारको संयुक्त बैठकमा उहाँले अपराह्न १६ः१० मा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ ।

सरकारले निर्वाचनको समयमा जनतासामु कवल गरेअनुरुप चुनावी घोषणपत्रका आधारमा नीति तथा कार्यक्रम बनाउने गर्दै आएको छ । राष्ट्रपति भण्डारीलाई संसद् भवन नयाँ बानेश्वरमा पुग्नुहुँदा सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष, कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल एवं सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले स्वागत गर्नुभएको थियो । संसद् बैठक १६ बजेर ८ मिनेटमा शुरु भएको थियो ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनसमेत सङ्घीय संसद् भवनमा उपस्थित हुनुहुन्छ । राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले सम्मान गारद प्रस्तुत गरेको छ । नीति तथा कार्यक्रमका लागि सङ्घीय संसद् भवन सिँगारिएको छ । चारैतिर नेपाली झण्डा हराइएको छ । सुरक्षा व्यवस्था कडा तुल्याइएको छ । सङ्घीय संसद् भवनको अगाडिको पानीको फोहोरा चलाएर आकर्षक तुल्याइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनको प्रती राष्ट्रपतिसमक्ष पेश गरिएको थियो । सरकारको नीति तथा कार्यक्रमको प्रत्यक्ष प्रसारणका लागि स्वदेशी तथा विदेशी सञ्चारमाध्यम नयाँ बानेश्वरमा उपस्थित भएका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

राशिफल

फेसबुक

राशिफल

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!