संसदमा उठ्यो निधन भएका कर्मचारीको सरुवाको कुरासंसदमा उठ्यो निधन भएका कर्मचारीको सरुवाको कुरा

  • संसदमा उठ्यो निधन भएका कर्मचारीको सरुवाको कुरा
  • संसदमा उठ्यो निधन भएका कर्मचारीको सरुवाको कुरा
  • संसदमा उठ्यो निधन भएका कर्मचारीको सरुवाको कुरा
  • संसदमा उठ्यो निधन भएका कर्मचारीको सरुवाको कुरा
  • संसदमा उठ्यो निधन भएका कर्मचारीको सरुवाको कुरा
  • संसदमा उठ्यो निधन भएका कर्मचारीको सरुवाको कुरा

संसदमा उठ्यो निधन भएका कर्मचारीको सरुवाको कुरा

22 May, 2019 10:30 |राजनीति | comments | 16200 Views

    संसदमा उठ्यो निधन भएका कर्मचारीको सरुवाको कुरा

    कर्मचारी समायोजनका क्रममा १५ वर्ष अघि नै निधन भएका कर्मचारीको सडक विभागमा सरुवा गरिएको पाइएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा सांसद देवेन्द्रराज कँडेलले प्युठान घर भई सडक कार्यालय दाङका अपरेटर हरिबहादुर विष्टको १५ वर्ष अघि मृत्यु भए पनि समायोजनका क्रममा अहिले सडक विभाग काठमाडौँमा सरुवा गरिएको खुलासा गरेका हुन् ।

    adsads

    उनले भने, “हाम्रो निजामती प्रशासन कस्तो ढङ्गले चलिरहेको छ भन्ने उदाहरणका रुपमा यो घटनालाई लिन सकिन्छ, विष्टको परिवारले राज्यबाट पाउनुपर्ने सबै सुविधा पहिले नै लिइसकेका छन्, १५ वर्षअघि बितिसकेका कर्मचारीको अहिले सरुवा भएको छ ।” उक्त समितिमा अहिले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि केही दिनदेखि दफाबार छलफल चलिरहेको छ ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले प्राविधिक र स्वास्थ्य सेवामा रहेका कर्मचारीको अभिलेख सम्बन्धित मन्त्रालय र निजामती किताबखानाबाट समयमा अद्यावधिक नभएका कारण केही स्थानबाट यस्ता कुरा आएको बताए ।

    उनले भने, “अहिले मैले नाम ठ्याकै त्यही हो भन्न नसके पनि, समायोजनकै क्रममा यस्ता घटना गुनासोका माध्यमबाट बाहिर आएका हुन्, स्वास्थ्य र प्राविधिक सेवाका अतिरिक्त प्रशासन सेवाका समेत कतिपय राजीनामा दिइसकेका कर्मचारीको पनि सरुवा भएको भन्ने सुनिएको छ, आगामी दिनमा सम्बन्धित मन्त्रालय र निजामती किताबखानाबाट अभिलेखलाई दुरुस्त तुल्याइनेछ ।” गुनासोका माध्यमबाट आएका कुरा ठीक हुन वा होइनन् भनी पुष्टयाइ गर्ने र नामको यकिन गर्ने काम भइरहेको उनले जानकारी दिए ।

    अझै २५ हजार कर्मचारी समायोजन हुन बाँकी

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    संसदमा उठ्यो निधन भएका कर्मचारीको सरुवाको कुरा

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!