संसदमा उठ्यो यस्तो आवाज- काठमाडौंका जनता सडकमा उत्रिए कोही रहँदैन (भिडियोसहित)

13 June, 2019 15:42 | राजनीति | comments | 16050 Views

नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले सरकारलाई काठमाडौंका जनतालाई नजिस्क्याउन चेतावनी दिनुभएको छ । सांसद प्रधानले बिहिबार संसदमा बोल्दै जब काठमाडौंका जनता सडकमा उत्रिए तब राणाशान, पञ्चायत र राजतन्त्र नै ढलेको इतिहास हेर्न सरकारलाई सुझाव दिनुभयो ।

adsads

गुठी विधेयकले काठमाडौं उपत्यका लगायत देशभरका गुठियारहरु आन्दोलित भएको भन्दै तत्काल फिर्ता लिन माग गर्दै प्रधानले पृथ्वीनारायण शाहले समेत उपत्यकाको धर्म, संस्कृतिको सम्मान गर्दै काठमाडौं विजय गरेपछि कुमारीको गोडा ढोगेर यहाँको संस्कृतिको सम्मान र संरक्षण गरेको स्मरण गराउनुभयो ।

उहाँले भन्नुभयो- “पृथ्वीनारायण शाहले कुमारीको आशीर्वाद लिएर राज्य संचालन गरे, त्यसैले काठमाडौंका जनता उनको बिरोधी भएनन् । जतिबेला काठमाडौंका जनता सडकमा उत्रिए सबै ढले । २०६२।०६३ को आन्दोलनमा राजतन्त्र फाल्ने पक्षमा पार्टी थिएन तर जनतामा सडकमा उत्रिए राजतन्त्र गयो । सरकारले यो हेक्का राख्नुपर्ने विषय हो ।”

गुठी विधेयकको बिरोध हुनुको कारण यस्तो रहेछ- छन् डरलाग्दा प्रावधान

नेपालको मौलिक धर्म-संस्कृतिमा पश्चिमा प्रहार : अब मन्दिरको साटो चर्च- दशैंको साटो क्रिसमस !

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!