संसदीय अभ्यासको ‘ढ्याप्ढ्यापे’ समय पहिलोपटक कर्णाली प्रदेशसभामा

19 March, 2019 01:05 | कर्णाली प्रदेश , प्रदेश | comments | 16650 Views

संसदीय अभ्यासका अनेक विधिमध्ये एउटा हो ढ्याप्ढ्यापे । सदनको कारवाही शुरु हुनुअघि सदस्यहरुले टेबुल ढ्याप्ढ्याप गर्दै बोल्न अनुमति माग्नुलाई संसदीय भाषामा ‘ढ्याप्ढ्यापे समय’ भन्ने गरिन्छ ।

adsads

यस्तो अभ्यास सोमबार कर्णाली प्रदेशसभामा पहिलोपटक प्रयोगमा ल्याइएको छ । सोमबार भएको बैठकमा सभामुखले सभाको काम–कारवाही शुरु भएको घोषणा गरेलगत्तै प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले टेबुल ढ्याप्ढ्याप गर्दै बोल्न समय माग्नुभयो ।

सभामुख राजबहादुर शाहीले ‘माननीयज्यू बोल्न चाहनुभएको हो ?’ भनेर सोधेलगत्तै कांग्रेसस संसदीय दलका नेता जीवनबहादुर शाहीले ‘हो’ भन्दै हात उठाउनुभयो । सांसदहरुले यस अघि शून्य समय र विशेष समय मात्र प्रयोगमा ल्याएका थिए ।

प्रदेशसभाको नियमित काम–कारवाही शुरु नहुँदै नेता शाहीले सङ्घीय र प्रदेश सरकारको आलोचना गर्दै केही समसामयिक विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले मन्त्रीहरु सदनमा उपस्थित नहुने गरेको, विधेयक आफूले पनि नल्याउने र प्रदेशसभा सदस्यहरुले ल्याउन नदिने गरेको भन्दै आलोचना गर्नुभयो ।

उहाँले विप्लव समूहमाथि लगाइएको प्रतिबन्धको विरोध गर्नुभयो । “वार्ता र सहमतिको विकल्प छैन्, प्रदेश सरकारले वार्ताका लागि केन्द्र सरकारसमक्ष समन्वय गरोस्”, उहाँले भन्नुभयो, “विप्लब समूहका गतिविधिबाट कर्णालीका जनप्रतिनिधि त्रसित छन्, सरकारले प्रतिबन्ध होइन, वार्ताको माध्यमबाट अघि बढोस् ।”

ढ्याप्ढ्यापे समयमा प्रतिपक्षी दलका नेताले बोलिसकेपछि सभामुखले ‘कर्णाली प्रदेशमा खेलकूदको विकास गर्न बनेको विधेयक–२०७५’ संसद्मा प्रस्तुत गर्न सामाजिक विकासमन्त्री दल रावललाई समय दिनुभयो ।

उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सदस्यहरु ठम्मर विष्ट, यज्ञबहादुर विसी र विन्दमान विष्टले सरकारले खेल क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न नसकेको र प्रदेशका मौलिक खेलकूदको पहिचान तथा जगेर्ना हुने गरी कानून निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।

सैद्धान्तिक छलफल समाप्त भएपछि प्रस्तुत विधेयकमाथि संशोधनको सूचना दर्ता गर्न सभामुखले ७२ घण्टाको समय प्रारम्भ भएको घोषणा गर्नुभयो ।

‘कर्णाली प्रदेशवासीले सहयोगको याचना गर्नुपर्दैन’

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

अथाह सम्पत्ति, न्यून आय

फेसबुक

अथाह सम्पत्ति, न्यून आय

ट्वीटर

सामाजिक सञ्जाल

More