मुख्यमन्त्री शेरधन राईमुख्यमन्त्री शेरधन राई

  • मुख्यमन्त्री शेरधन राई
  • मुख्यमन्त्री शेरधन राई
  • मुख्यमन्त्री शेरधन राई
  • मुख्यमन्त्री शेरधन राई
  • मुख्यमन्त्री शेरधन राई
  • मुख्यमन्त्री शेरधन राई

संसारभरका नेपालीको भावना समेटेर अगाडि बढ्छौँ : मुख्यमन्त्री राई

6 July, 2019 19:50 |प्रदेश , प्रदेश १ | comments | 27900 Views

    मुख्यमन्त्री शेरधन राई

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देश विकासका लागि संसारभर छरिएर रहेका नेपालीको भावनालई समेटेर अगाडि बढ्ने बताउनुभएको छ । मुख्यमन्त्री राईले नेपालको तीव्र विकासका लागि संसारभर रहेका नेपाली एक भएर अगाडि बढ्नसमेत आह्वान गर्नुभएको छ ।

    adsads

    अमेरिकाको बाल्टिमोरमा शुरु भएको नेपाली राष्ट्रिय सम्मेलनको पहिलो दिनको कार्यक्रममलाई शुक्रबार सम्बोधन गर्दे मुख्यमन्त्री राईले देशको विकास र जनताको समृद्धिका लागि संसारभर छरिएर रहेका नेपाली एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको उहाँका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो ।

    “नेपालमा लगानी गर्ने वातावरण बन्दै गइरहेको छ, हामी नेपालमा लगानी आकर्षित गराउन चाहन्छौँ”, मुख्यमन्त्री राईले भन्नुभयो । नेपाली मन र भावनालाई नेपाल राष्ट्र निर्माणको महान अभियानमा जोड्न् आफूहरु लागि रहेको मुख्यमन्त्री राईले बताउनुभयो ।
    “नेपाल विकास र समृद्धिको महाअभियानमा अगाडि बढिसकेको छ”, मुख्यमन्त्री राईले भन्नुभयो, “यो अभियानमा तपाईहरुको पनि योगदान आवश्यक छ ।”

    विगतमा नेपाल विभिन्न कारणले पछि परेको भए पनि यतिबेला नेपाल तीव्र गतिमा अगाडि बढिरहेको मुख्यमन्त्री राईले बताउनुभयो । देशमा पहिलोपटक स्थिर र बलियो सरकार बनेको भन्दै मुख्यमन्त्री राईले नेपाल स्पष्ट गन्तव्यसहित समृद्धिको यात्रामा प्रवेश गरेको बताउनुभयो ।

    नेपाली जनताले पुर्पुरोमा हात राख्नुपर्ने दिन गए- मुख्यमन्त्री राई

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    मुख्यमन्त्री शेरधन राई

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई

    फेसबुक

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!