संस्कृत विश्वविद्यालयको आयोजनामा संस्कृतिदेखि माक्र्सवादसम्मको बहस

21 August, 2019 18:56 | राजनीति | comments | 11400 Views

नेपालमा पहिलोपटक आयोजना गरिएको माक्र्सवाद र एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन दुईबुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनमा संस्कृत भाषा अनि मौलिक संस्कृतिदेखि माक्र्सका दर्शनका बारेमा बहस भएको छ ।

ads ads

नेपाल संस्कृत विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र माक्र्सीय गुरुकुलले संयुक्त रुपमा सोमबारदेखि काठमाडौँमा आयोजना गरेको सम्मेलनमा नेपाल, भारत, चीन, जर्मन, बेलायतलगायत देशका ३०० प्रतिनिधिको सहभागिता थियो ।

सम्मेलनले माक्र्सवाद र एसियाली दर्शनलाई दार्शनिकबीच खुल्ला संवाद एवं बहस गराई विचार, ज्ञान र दर्शनको समृद्धिकरणमा निरन्तर जुटिरहने घोषणा गरेको छ ।

यसैगरी वर्षमा कम्तीमा एउटा बृहत् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने प्रतिबद्धता पनि गरिएको आयोजक समितिका सदस्यसचिव डा प्रेमराज न्यौपानेले राससलाई जानकारी दिनुभयो ।समापन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ माक्र्सवादी चिन्तक मोहन वैद्यले नेपालका मौलिक दर्शनदेखि माक्र्सवादको विषयवस्तुबारे बहस शुरु हुनु सकारात्मक रहेको बताउनुभयो ।

संस्कृत भाषा ज्ञानको भण्डार भएकाले सबैलाई अनिवार्य पढ भन्न नसकिए पनि जान्न र बुझ्नका लागि पनि अध्ययन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक डा काशीनाथ न्यौपाने, माक्र्सीय गुरुकुलका अध्यक्ष सोनाम साथीलगायतले एसियाली र माक्र्सवादी दर्शनका राम्रा विषयलाई छनोट गरी अध्ययन–अनुसन्धान गरिनुपर्नेमा जोड दिनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More