सकियो नमस्ते ब्याण्डको शूभकामना साँझ

30 April, 2013 11:20 | जापान | comments | 80550 Views

टोकियो-‍नमस्ते व्याण्ड आफ्नो स्थापनाको २५ औ बर्षमा प्रबेश गरको छ । नमस्ते व्यान्ड २५ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आईतबार सिन्जुकुमा बिभिन्न कार्यक्रमको आयोजना गरि २५ औ बार्षिकउत्सब मनाईयो ।


कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित कलाकार राजेश पायल राईले आफ्ना चर्चित गीतहरु गाएर दर्शकलाई भरपुर मनोरन्जन दिएका थिए ।उनले हिजो देखि आज सम्म, निष्ठुरीलाई माया गरि, बैगुनी रैछौ मायालु, लगायतका गीतहरु गाएका थिए।यसैगरि नमस्ते व्याण्डका ईश्वर गुरुङ सहितको टिमले आफ्ना कर्णप्रिय गीतहरु गाउदा दर्शकहरु स्टेजमा नै पुगेर नाचेका थिए ।

 

  


कार्यक्रमको उद्घाटन नेपाली राष्ट्रिय गान सयौं फूलका थुङ्गा हामीका गायक राजेश पायल राईकै साथमा राष्ट्रिय गीत गाएर गरिएको थियो । सोही कार्यक्रममा नै कार्यक्रममा ज्ञात अज्ञात दिवांगत स्रष्टाहरुको सम्झनामा एक मिनेट मौन धारणा गरिएको थियो ।

कार्यक्रममा नमस्ते व्याण्डका संस्थापक ईश्वर गुरुङले २५ औ बर्षमा प्रबेश गरेको अबसरमा सुरु गरिएको सांगीतिक आन्दोलनको थालनी गरेको बताउनुभयो । साथै अबका दिनहरुमा जापान लगायत स्वदेश विदेशमा आफ्नो सांगितिक प्रस्तुती राख्ने योजना रहेको पनि गुरुङले बताउनुभयो ।


कार्यक्रममा एनआरएन आईसिसि कोषाध्यक्ष तथा बीबी एयरबेजका अध्यक्ष भवन भट्ट,एनआरएन जापानका अध्यक्ष ओम गुरुङ,थकाली सेवा समिति जापानका अध्यक्ष शरद कुमार गौचन लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधीको उपस्थिती रहेको थियो ।


२५ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा संस्थापक ईश्वर गुरूङ्ग लगायत व्यान्डका सदस्यहरूलाइ तमू धीं जापान, नेपालजापान युथ क्लब र उई फर अलले सम्मान गरेको थियो।
२५ औ बर्षमा प्रवेश गरेको अवसरमा आयोजना गरिएको सो कार्यक्रममा नमस्ते व्याण्डको लाईभ गीत, नेपालबाट आएका चर्चित कलाकार राजेशपायल राईको साथमा उपस्थित जापानबासी नेपालीहरुले भरपुर मनोरन्जन लिएका थिए ।
पहिलो चरणको कार्यक्रमको सञ्चालन रामकृष्ण वम मल्लले गर्नुभएको थियो भने दोस्रो चरणको कार्यक्रमको संचालन ईश्बर गुरुङ र अमर गुरुङले गर्नु भएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More