सगरमाथामा डेढ दर्जन टेण्ट उडायो, आरोहीहरू सुरक्षित

3 May, 2019 22:10 | कर्पोरेट/पर्यटन | comments | 11400 Views

फानी र पश्चिमी वायुको असरका कारण बिहीवार बेलुका र शुक्रवार बिहान आएको हुरीले सगरमाथा आरोहीको माथिल्लो दुई शिविरका टेण्ट उडाएको छ । टेण्ट उडाए पनि आरोही भने सुरक्षित रहेका छन् ।

adsads

समाचार अनुसार क्याम्प टु र क्याम्प थ्रीमा रहेका झण्डै डेढ दर्जन टेन्ट हावाहुरीले उडाएको हो । पर्यटन विभागकी पर्वतारोहण हेर्ने निर्देशक मीरा आचार्यले हावाहुरी थप केही दिन जारी रहने पूर्वानुमान भइरहँदा सुरक्षित स्थानमा रहन आग्रह गरिएको बताउनुभएको छ ।

यतिबेला सगरमाथा आरोहणको याम चलिरेको छ । झण्डै ६ हजार चार सय मिटरको उचाइमा रहेको क्याम्प टुमा चुचुरोमा पुग्ने बेलाका लागि थुप्रै खाद्यान्न, अक्सिजनका सिलिन्डर र अन्य बन्दोबस्तीका सामान भण्डारण गरिएका हुन्छन् ।

क्याम्प टु मा भान्छाका सामान समेत भएका ठूल्ठूला टेन्टहरू उडाएको खबर छ हाल नाम्चे बजारमा रहेका नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो ।

आधार शिविरमा भने हुरीको कुनै असर परेको छैन । माथिल्ला शिविर र आधार शिविर बीचमा बरफका अस्थिर चट्टानहरू रहने खुम्बु आइसफल हुँदै आउजाउ गर्नुपर्छ ।

सगरमाथा आरोही दुई भारतीय महिला सम्मानित

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

फेसबुक

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

ट्वीटर

सामाजिक सञ्जाल

More