सगरमाथा आरोहणमा नयाँ कीर्तिमान सगरमाथा आरोहणमा नयाँ कीर्तिमान

  • सगरमाथा आरोहणमा नयाँ कीर्तिमान
  • सगरमाथा आरोहणमा नयाँ कीर्तिमान
  • सगरमाथा आरोहणमा नयाँ कीर्तिमान
  • सगरमाथा आरोहणमा नयाँ कीर्तिमान
  • सगरमाथा आरोहणमा नयाँ कीर्तिमान
  • सगरमाथा आरोहणमा नयाँ कीर्तिमान

सगरमाथा आरोहणमा नयाँ कीर्तिमान

16 June, 2018 13:26 | पत्रपत्रिका | comments | 29250 Views

पृष्ठभूमि

नेपालमा रहेको विश्वको सबैभन्दा अग्लो हिमशिखर सगरमाथा (एभरेस्ट/चोमोलोङमा) चढ्न संसारभरका मानिस लालायित छन् ।कुनै एक पर्वतारोहीको अन्तिम मन्जिल सगरमाथा आरोहण हो ।

adsads

विश्वका विभिन्न देशका विभिन्न पर्वत चुली चढिसकेका आरोहीहरूले अन्तिममा सगरमाथाको टुप्पोमाथि उक्लने लक्ष राखेका हुन्छन्।सगरमाथाको सफल आरोहण नगरेसम्म उनीहरू प्रशिद्ध पर्वतारोहीका दर्जामा पुग्दैनन् ।

त्यसैले सगरमाथा आरोहण टोलीमा संलग्न भएर विश्वका विभिन्न देशका पर्वतारोहीहरू प्रतिवर्ष पाँचौ सयको संख्यामा नेपालमा आउँछन् । उनीहरूमध्ये कतिपयले सफलता प्राप्त गर्छन् भने कतिपयले आरोहण परित्याग ।यस वर्ष वसन्त ऋतुको आरोहण अभियान समयावधि लगभग टुंगिएको छ । यस सिजनमा नेपालसहित विभिन्न ४३ मुलुकका ३८ टोलीले सगरमाथा आरोहण अनुमति लिएका थिए । तीमध्ये २० नेपाली र तीन सय २६ विदेशी गरी जम्मा तीन सय ४६ जनाले सगरमाथा आरोहणमा सफलता पाए । यसबाहेक शेर्पा पथप्रदर्शक, पोर्टर, आइसफल डाक्टरसमेत गरी अन्य एक सय १८ जना पनि चुचुरोमा पुगे । तिनीहरूमध्ये केहीले नयाँ कीर्तिमान राखे । विगतमा सबैभन्दा धेरै २१ पटक सफल आरोहण गरिएको रेकर्ड तोड्दै यसपल्ट २२ औं पटकको नयाँ कीर्तिमान राखिएको छ । यस्ता कीर्तिमानको विवरण पछिको प्रकरणमा उल्लेख गरिने छ ।

आइसफल डाक्टर
शेर्पा आइसफल डाक्टरले आधार शिविरदेखि चुचुरोसम्म आरोहण बाटो बनाइदिन्छन् । अनि त्यही बाटो भएर आरोहीहरू शिखर पुग्छन् । साँच्चै भन्ने हो भने नेपाली शेर्पा समावेश नभएको भए विदेशीले सजिलै सगरमाथामाथि टेक्न सक्ने थिएनन् । सगरमाथा आधार शिविर (पाँच हजार दुई सय ७० मिटर) बाट क्याम्प नं. २ (६ हजार चार सय ७४ मिटर)सम्म जान सबैभन्दा विकट छ । त्यहाँ भयंकर हिमखाल्डो तथा खर्पस छ । यस खण्डलाई खतरा क्षेत्र अथवा ‘डेथ जोन’ भनिन्छ । त्यस्ता खाल्डामाथि शेर्पा ‘आइसफल डाक्टर’ले स्टिलको पुल हाल्छन्, भर्याङ ठड्याइदिन्छन्।

 

४८ वर्षे कामिरिता शेर्पाले यस पटकको गरी सबैभन्दा धेरै २२ पटक सफल आरोहण गरी नयाँ विश्व कीर्तिमान राख्न सफल भएका छन् । ३७ वर्षीय ङिमा नुरु शेर्पाले यस वर्षसमेत २१ पटक सफल आरोहण भ्याएर पहिले २१ आंै पटक सफल आरोहण गरेका अप्पा शेर्पा र फुर्वाटासी शेर्पालाई पछ्याए । महिला आरोहीमध्ये ४५ वर्षे ल्हाक्पा याङ्जी शेर्पाले आफ्नै रेकर्ड तोड्दै नवौं पटक सफल आरोहण गरी कीर्तिमान कायम गरिन् ।

त्यस्ता पुल र भर्याङमा नाइलनको डोरी टाँगिदिन्छन् । त्यसभन्दा माथिल्लो क्याम्प ३, ४ तथा साउथ कोल, बलकोनी, हिलारी स्टेप र चुचुरोसम्म पनि हिमचट्टानमा किला ठोकी नाइलन डोरी टाँगिएको हुन्छ । अनि आरोहीहरू डोरी समात्दै लर्काे लागेर अगाडि बढ्छन् । क्याम्पहरूमा आराम गर्ने ठाउँमा पाल टाँग्न र खानेकुरा तयार पार्नसमेत शेर्पा सहयोगीले काम गरिदिन्छन् । यसरी शेर्पाहरू गाइड, पथप्रदर्शक, सहयोगी र पोर्टरको रूपमा आरोहण टोलीमा संलग्न भइरहेका हुन्छन् । यस सिजनमा पनि आठ आइसफल डाक्टर २०७४ चैत ४ गते आधार शिविर पुगेका थिए । उनीहरू आठै जना बाटो बनाउँदै २०७५ वैशाख ३० गते चुचुरोमा पुगेका थिए । त्यसपछि अन्य आरोहीको बाटो खुल्यो ।

आरोहणमा कीर्तिमान
न्युजिल्यान्डका एडमन्ड हिलारी र तत्कालीन नेपाली नागरिक तेन्जिङ नोर्गे शेर्पाले २९ मे १९५३ मा सर्वप्रथम सफलताकासाथ सगरमाथा चढिसकेपछि यस वर्षको तीन सय ४६ समेत गरी अहिलेसम्म पाँच हजार ६ सय ७४ पर्वतारोहीहरूले सगरमाथाको चुचुरो चुमिसकेका छन् ।

४८ वर्षे कामिरिता शेर्पाले यस पटकको गरी सबैभन्दा धेरै २२ पटक सफल आरोहण गरी नयाँ विश्व कीर्तिमान राख्न सफल भएका छन् । ३७ वर्षीय ङिमा नुरु शेर्पाले यस वर्षसमेत २१ पटक सफल आरोहण भ्याएर पहिले २१ औं पटक सफल आरोहण गरेका अप्पा शेर्पा र फुर्वाटासी शेर्पालाई पछ्याए । महिला आरोहीमध्ये ४५ वर्षे ल्हाक्पा याङ्जी शेर्पाले आफ्नै रेकर्ड तोड्दै नवौं पटक सफल आरोहण गरी कीर्तिमान कायम गरिन् ।

१६ वर्षीया भारतीय महिला सिवांगी पाठक सगरमाथा टुप्पोमा पुगेर यस वर्ष सबैभन्दा कम उमेरको कीर्तिमान राखिन् । सबैभन्दा बेसी उमेरका ७९ वर्षीया जापानी महिला फुनाहासी यइको पनि सफल भइन् । भारतका पूर्वमिस इन्डिया संगीता सिन्धि बहीले पनि सगरमाथा चुमिन् । भारतीय बाबु र छोरी (अजीत बजाज र २४ वर्षीय छोरी दीपा बजाज)ले एकैसाथ पाइला टेकेको कीर्तिमान राखे ।

यस वर्ष चार नेपाली पत्रकार (रोजिता बुद्धाचार्य, रोशा बस्नेत, कल्पना महर्जन र देउराली चाम्लिङ) एकैसाथ सगरमाथा शिखरमा पुगे । डोमा शेर्पाले सफल आरोहण गरी पहिलो महिला शेर्पा पत्रकारको रेकर्ड कायम गरिन् । पाठेघर क्यान्सरबारे सचेतना जगाउने अभिप्रायका फोटो पत्रकार पूर्णिमा श्रेष्ठले पनि सफल बनेर चुचुरोबाट दक्षिण र उत्तरतर्फको फोटो खिँच्न भ्याइन्।

नविन मगरले रिचार्जर एप्स लोगो भएको झन्डा सगरमाथाको टाउकोमा फहराए । प्रकाशराज पाण्डेले राष्ट्रकवि माधव घिमिरे र नेपालको चार सहिदको तस्बिर लिएर संसारको छानोमा उभिन पुगे । नेपाल एकीकरणका प्रवद्र्धक पृथ्वीनारायण शाहको सालिक पनि यस पटक चुचुरोमा ठड्याइयो । तीन सय ७७ घन्टा ब्रम्हान्डमा बिताएका इटालियन अन्तरिक्ष यात्री मौरिजिओ चेउलीले पनि सगरमाथा चुमे । यसअघि पाँच पटक स्पेस सटलमा यात्रा गरेका अमेरिकी अन्तरिक्ष यात्री स्कट पराजिन्स्की सन् २००९ मा सगरमाथा थाप्लोमा पुगेका थिए ।

रेकर्ड कायम गर्ने होडबाजीमा यस पटक क्रिप्टोकरेन्सीको पाँच लाख डलर बराबरको हार्ड ड्राइभ युक्रेनी आरोहीले सगरमाथा चुचुरोको हिउँभित्र गाडे । ५० हजार डलरको अर्काे प्याकेट चुचुरोको हिउँमा छुवाएर आपूmसँगै लिएर फर्के । चुचुरोमा पुर्याएर ल्याइएको मुद्रालाई बढी मूल्यमा बढाबढ गर्ने उद्देश्यले यस्तो गरिएको अनुमान गरिएको छ । यो करेन्सी नेपालमा कारोबार र प्रचारप्रसार गर्न रोक लगाइएको छ । यसै क्रममा दलका गाइड लामबाबु शेर्पाको रहस्यमय मृत्यु भएको कुरा बेलायती पत्रिका ‘फाइनान्सियल टाइम्स’ले छापेको छ।

यस सिजनमा दुवै खुट्टा नभएका चिनियाँ आरोही सिया बोयु, १७ वर्षीय बेलायती नागरिक डमित्री टेर्टिछु, डिप्रेसन र मानसिक स्वास्थ्य मामिलाबारे सजगता जगाउने अभिप्राय रहेका भारतीय सिने नेतृ दीपिका पादुकोनकोे शिखर चुम्ने इच्छा अधुरै रह्यो । जापानी नोबुकाजु कुरिकी, मेसेडोनियाका जिओर्गी पेटकोभ, नेपालका लामबाबु शेर्पासमेत तीन जनाको मृत्यु भयो ।

फोहोरको कीर्तिमानी डुंगुर
आरोहीहरूले उपयोग गरिसकेका खाद्य, तरल तथा ग्यास पदार्थको खाली तथा रित्तो सामान आधार शिविरदेखि चुचुरोसम्म पनि जताततै फाल्ने गरेको पाइन्छ । हिउँले नसडाउने तथा नपगाल्ने सामग्रीहरूले पनि यस वर्ष कीर्तिमान राखेको छ । खासगरी आधार शिविरमा र क्याम्प २ देखि ४ सम्म जताततै छरिएर रहेका रित्तो अक्सिजन बोतल, त्रिपाल, भरेङ, टिनका खालीबट्टा, खानेकुरा प्याक गरेको खाली खोस्टा, रद्दी तथा कबाडी भाँडा, आरोहीले बिसर्जन गरेको मलमूत्र बिस्टाको प्रदूषित थेग्रो, पुप ब्यागसमेत यत्रतत्र मिल्काइएको पाइन्छ ।

अलि बोझिलो त्रिपाल र सामान आफ्नो आरोहण कम्पनीको लोगो र प्याच च्यातचुत पारी बाटैमा अव्यवस्थित तरिकाले छाड्ने गरिएको छ ।यसबाहेक मृत्यु भएका आरोहीहरूको शव आरोहण मार्गको दायाँबायाँ ठाउँठाउँमा देखिन्छ । यसले आरोहीहरूको मनोविज्ञानमा प्रतिकूल असर पर्ने देखिन्छ ।

बाटोमा भेटिने शवहरू देख्दा जो कोहीको मन झस्कन्छ । यस्ता शव आधार शिविर ल्याउन नसकिए तापनि छेउछाउको खर्पसभित्र खसालिदिने व्यवस्था गरिनु सान्दर्भिक हुन्छ । सन् १९२४ मा बेलायती नागरिक हर्बर्ट मेलोरी र एन्ड्रयु इर्बिन सगरमाथा आरोहणका क्रममा बेपत्ता भएका थिए । बेपत्ता भएको ७६ वर्षपछि १९९९ मे १ मा मेलोरीको मृत शरीर भेटिएको थियो । प्रतिआरोहीले ११ हजार अमेरिकी डलर सलामी (रोयल्टी) तिरेका हुन्छन् । ती आरोहीले तिरेको शुल्क भित्रबाटै आफ्नै मृत्यु भएमा शव सम्बन्धित स्थानमा सरकारले ल्याउनुपर्ने नैशर्गिक अधिकार अप्रत्यक्ष रूपमा आरोहीको रहने हुँदा यसमा सरकार संवेदनशील हुनुपर्छ।

सगरमाथा चढ्न आरोहण शुल्क बुझाएका समय प्रत्येक आरोहीले कम्तीमा आठ किलोग्राम फोहोर आधार शिविरमा ल्याउनुपर्ने नियमावली अवगत गराउँदै यसका लागि प्रतिटोली चार हजार डलर पुनः फिर्ता पाउने गरी डिपोजिट गरिएको हुन्छ । तर, आरोहीहरू यस सम्बन्धमा निष्क्रिय छन् । तोकिएको फोहोर ल्याउँदैनन् । अनि डिपोजिट फिर्ता लिने घृष्टता पनि राख्दैनन् । आधार शिविरमा गत वर्ष करिब चार हजार केजी फोहर उत्पादन भएको थियो भने यस वर्ष पाँच हजार केजीभन्दा बढी पैदा गर्दै फोहरको डुंगुरले पनि नयाँ कीर्तिमान रच्यो ।

टिपन–टापन
१९२३ मार्च १८ मा हर्बर्ट मेलोरीलाई न्युयोर्क टाइम्सको एका पत्रकारले सोधेका थिए, ‘तपाईँ किन सगरमाथा चढ्न चाहनुहुन्छ ?’ उनले जवाफ दिएका थिए, ‘किनकि त्यो त्यहाँ छ ।’ यसअनुसार सगरमाथा नेपालमा रहेकाले सगरमाथा चढ्न नेपालमै आउनुपर्छ भन्ने विश्व सन्देश पुगेको थियो । त्यसैले सगरमाथालाई आरोहणमय बनाई राखेको छ । विश्वका आरोहीहरू नेपाल आउने गरेका छन् ।

प्रत्येक आरोहण मौसम सुरु हुनुअघि जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) प्रविधिद्वारा आरोहीको अनुगमन ट्रयाकिङ गर्ने चर्चा चल्छ । तर, यो कुरा चर्चामै सीमित रहने गरेको छ । आगामी सिजनमा जिपिएस ट्रयाकिङको व्यवस्था गरिनुपर्छ । यसबाट सफल आरोहण गरेको हो/ होइन भन्ने कुरा यकिन गर्न मद्धत पुग्छ । दुर्घटनामा परी मृत्यु भएमा पनि थाहा पाउन सजिलो हुन्छ।

सगरमाथाको थाप्लोमा उक्लन विश्वभरका आरोही लालायित छन् । तर, आरोहीहरूले आरोहणका क्रममा जताततै फालेका फोहरले हिमालबाट उत्पति भएका हिमनदीलाई प्रदूषित तुल्याइएको छ । यस्ता नदीले बगाएर ल्याउने फोहरी सामग्रीले तल्लो तटीय क्षेत्रका नदीलाई समेत प्रदूषित बनाउने गरेको छ । स्वच्छ पानीको स्रोतलाई प्रतिकूल असर पारेको छ । अर्काेतर्फ हिमालमा थुप्रेको फोहरले हिमचुलीको तापक्रम बढाई हिउँ पग्लेर हिमाल नांगो चट्टानमा परिणत हुने क्रम बढेको छ । यसप्रति सरकार बेलैमा सजग हुनुपर्छ।

आजको नागरिकमा खबर छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
सगरमाथा आरोहणमा नयाँ कीर्तिमान

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!