सगरमाथा क्षेत्र, पर्यावरण संरक्षण र शेर्पा संस्कृति (फोटोहरुसहित)

17 May, 2020 15:05 | कर्पोरेट/पर्यटन | comments | 32400 Views

सगमाथा यो नाम नसुन्ने विश्वमा कमै मात्र मानिस होलान् । नेपालको गौरब विश्वभर फैलाउने प्राकृतिक सम्पदा सगरमाथा विश्वको सर्वोच्च शिखर पनि भएकाले यसको आरोहण साहसको प्रतीक मानिन्छ त्यसैले हरेक वर्ष आरोहणका लागि हजारौं सहभागी हुन्छन् ।

सगरमाथा केवल आरोहणसंग मात्र सम्बन्धित छैन । यो प्रकृति संरक्षण र संस्कृतिको केन्द्र पनि हो । यो छोटो सामग्रीमा हामी सगरमाथाको आरोहणभन्दा यहाँको जैविक विविधता र शेर्पा संस्कृतिका बारेमा चर्चा गर्नेछौं ।

  

विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रलाई दुर्लभ हिमाली वन्यजन्तु तथा वनस्पतिको संरक्षण क्षेत्रका रुपमा संरक्षण गरिएको छ । ८८४८ मिटरदेखि ६,००० मिटर भन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कु जस्ता हिमचुचुराहरूलाई समेटेर सगरमाथा राष्ट्रिय निक्ञ्ज स्थापना गरिएको छ । यसको कुल क्षेत्रफल ११४८ वर्गकिलोमिटर र मध्यक्षेत्रको क्षेत्रफल २७५ वर्ग किलोमिटर रहेको छ ।

निकुञ्ज क्षेत्रमा स्थानीय बासिन्दा र पर्वतारोहीहरूले प्रयोग गर्दै आएका गोक्यो, खुम्बु, छुकुम र नाङ्गपा मुख्य चारवटा उपत्यकाहरू रहेका छन् । यस निकुञ्ज भित्रको गोक्यो र सम्वद्ध तालहरूलाई सन २००७ मा रामसार सूचीमा समावेश गरिएको छ ।

उच्च पर्वतीय वातावरण रहेको यस राष्ट्रिय निकुञ्जमा कस्तुरी मृग, हिमाली भालु, हिउँ चितुवा, थार, घोरल, झारल जस्ता वन्यजन्तुहरूका साथै डाँफे, चिलिमे, कालिज, हिम कुखुरा, लालचुच्चे काग (टुंगा) र पहेंलो चुच्चे काग (टेमु) लगायत १९३ प्रजातिका चराहरू पाइन्छन् ।

त्यसै गरी गोव्रे सल्ला, ठिंग्रे सल्ला, हेमलक, धुपी, भोजपत्र, गुराँस जातका रुखहरू पाइन्छन् । वसन्त ऋतुमा लालीगुराँसका फूलहरूले निकुञ्ज भित्रको जंगललाई अति मनोरम र सुन्दर बनाउँछन् ।

सगरमाथा राष्ट्रिय निकुञ्ज सांस्कृतिक महत्वको क्षेत्र पनि हो । यहाँका तेङ्वोचे, पाङ्वोचे तथा थामे गुम्बाहरूमा बौद्ध धर्मको शिक्षा–दीक्षा प्रदान गरिन्छ । मुख्यतः सगरमाथा हिमाल र यस क्षेत्रको मनोरम दृश्य हेर्न, पर्वतारोहण गर्न, शेर्पा संस्कृति तथा वन्यजन्तु अवलोकन गर्न वर्षेनी हजारौं पयर्टकहरू यहाँ आउने गर्दछन ।

सन् १९७९ देखि यस राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ भने मध्यवर्ती क्षेत्रको घोषणाबाट निकुञ्ज भित्र र वरपरका तीन गा।वि।स। का जनता प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । पर्यटनको विकासबाट यहाँका बासिन्दाहरूको आर्थिक विकासमा ठूलो टेवा पुगेको छ ।

सगरमाथा नेपाल र चीनको सीमा भए पनि यसको महत्व नेपाली भूमितिर बढी छ । यो क्षेत्रलाई रहस्यमय उपत्यकाका रुपमा चित्रित गरिएको छ । नवौं शताब्दीका तिब्बती धर्मगुरु पद्मसम्भव (गुरु रिम्पोछे)ले यो घोषाणा गरेका हुन् ।

सगरमाथा शेर्पा संस्कृतिको उर्बर भूमि हो । बौद्ध धर्ममा आस्था राख्ने शेर्पाहरु सगरमाथालाई आध्यात्मिक शक्तिले परिपूर्ण क्षेत्र मान्दछन् ।

सगरमाथा आरोहण शेर्पाहरुको संस्कृति र आणुवंशिक विशेषता नै मानिन्छ । विना शेर्पा सगरमाथा आरोहणको कल्पना नै नगर्दा हुन्छ । कुशल पथप्रदर्शकका रुपमा शेर्पाहरु सगरमाथा आरोहणको विश्व कीर्तिमान कायम गरेका छन् । अहिलेसम्म सगरमाथा आरोहणमा कायम भएका अधिकांश कीर्तिमान शेर्पाहरुकै नाममा छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More