सङ्क्रमण देखिएपछि कारागारका कैदीबन्दी र थुनुवा अन्यत्र सरुवा

13 August, 2020 13:05 | जन सरोकार | comments | 14100 Views

नेपालभारत सीमा नाका जोडिएको बाँके कारागारमा रहेका कैदीबन्दी र थुनुवामा कोरोना सङ्क्रमण देखिएपछि अन्य जिल्लामा सारिएको छ । बाँके कारागारका कैदीबन्दीमा कोरोना सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनसँंगको समन्वयमा कारागार प्रशासनले महिला कैदीबन्दीलाई दैलेख र थुनुवालाई बर्दिया जिल्ला कारागारमा पठाएको हो ।

बाँके कारागारमा रहेका महिला कैदीबन्दी र उनका आश्रित नाबालक एक गरी ३१ जनालाई दैलेख कारागार तथा १५ थुनुवा र एक नाबालक आश्रित गरी १६ जनालाई बर्दिया जिल्ला कारागारमा पठाइएको बाँके कारागारका जेलर देवेन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।

दुई सय ५० पुरुष र ५० महिला गरी तीन सयको कैदीबन्दीको क्षमता रहेको बाँके कारागारमा हाल दोब्बर बढी ७७० पुरुष र ४५ महिला तथा दुई आश्रित नाबालक गरी ८१७ कैदीबन्दी र थुनुवा छन् ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More