देउवाका आलोचक नेताको साझा बैठक देउवाका आलोचक नेताको साझा बैठक

  • देउवाका आलोचक नेताको साझा बैठक
  • देउवाका आलोचक नेताको साझा बैठक
  • देउवाका आलोचक नेताको साझा बैठक
  • देउवाका आलोचक नेताको साझा बैठक
  • देउवाका आलोचक नेताको साझा बैठक

सङ्क्रमितको निःशुल्क उपचार गर्न सभापति देउवाको आग्रह

22 October, 2020 22:09 | राजनीति | comments | 24900 Views

देउवाका आलोचक नेताको साझा बैठक

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको परीक्षण र सङ्क्रमित नागरिकको निःशुल्क उपचार गर्न सरकारसँग माग गर्नुभएको छ । उहाँले नागरिकको स्वास्थ्य परीक्षणदेखि सङ्क्रमितको उपचारसम्मका सबै काम निशर्त, विनाभेदभाव निःशुल्क गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीलाई आग्रहसमेत गर्नुभएको छ ।

सभापति देउवाले एक विज्ञप्तिमार्फत कोरानाका कारण प्रत्येक नागरिक आफ्नो र परिवारको स्वास्थ्यको विषयमा चिन्तित बनेको वर्तमान अवस्थामा जनताको अभिभावकका रुपमा उभिन सरकारलाई सुझाव दिनुभएको छ ।

  

उहाँले कोभिड–१९ को परीक्षण र सङ्क्रमित नागरिकले उपचार समेत आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याउन पनि माग गर्नुभएको छ । “आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानूनी हक हो । सरकारले बिना शर्त यसको कार्यान्वयन गर्नुपर्छ” विज्ञप्तिमा भनिएको छ ।

उहाँले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका सबैको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । साथै सक्रिय सङ्क्रमितको शीघ्र स्वास्थलाभको कामनासमेत गर्नुभएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
देउवाका आलोचक नेताको साझा बैठक

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More