मुख्यमन्त्री भट्टमुख्यमन्त्री भट्ट

  • मुख्यमन्त्री भट्ट
  • मुख्यमन्त्री भट्ट
  • मुख्यमन्त्री भट्ट
  • मुख्यमन्त्री भट्ट
  • मुख्यमन्त्री भट्ट
  • मुख्यमन्त्री भट्ट

सञ्चारकर्मीले निष्पक्ष, इमान्दारिता र विनापूर्वाग्राही भएर कलम चलाउनुपर्छ : मुख्यमन्त्री भट्ट

25 October, 2019 10:15 |प्रदेश , प्रदेश ७ | comments | 4350 Views

    मुख्यमन्त्री भट्ट

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सञ्चारकर्मीलाई निष्पक्ष, इमान्दारिता र विनापूर्वाग्राही भएर कलम चलाउन सुझाव दिनुभएको छ । बिहिबार धनगढीमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को प्रथम सुदूरपश्चिम प्रादेशिक महाधिवेशनको उद्घाटन समारोहमा उहाँले कुनै पनि विषयवस्तुका बारेमा निष्पक्ष, इमान्दार र विनापूर्वाग्राही भएर कलम चलायौँ भने सत्तामा बसेकालाई सहज हुन्छ र जनतालाई पनि लाभ हुने धारणा व्यक्त गर्नुभयो ।

    adsads

    मुख्यमन्त्री भट्टले कलममा धेरै ठूलो शक्ति रहेकाले सकारात्मक सुझाव दिन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । “कलमको शक्ति भनेको सबभन्दा ठूलो शक्ति हो”, मुख्यमन्त्री भट्टले भन्नुभयो, “यदि त्यस शक्तिलाई सही तरिकाले प्रयोग गरिएन भने हामी सबैलाई धेरै ठूलो क्षति हुन्छ ।”

    कार्यक्रमका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले सञ्चारकर्मी देशका पहरेदार रहेको बताउनुहुँदै सञ्चारकर्मीका क्षमता, अभिवृद्धिलगायत भौतिक संरचनाका लागि हरदम प्रदेश सरकारबाट सहयोग रहने उल्लेख गर्नुभयो ।

    कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष डण्ड गुरुङ, केन्द्रीय उपाध्यक्ष लक्की चौधरी, नेकपाका प्रमुख सचेतक तथा प्रदेशसभा सदस्य तारालामा तामाङ, प्रदेशसभा सदस्य वीरमान चौधरीलगायतको सहभागिता थियो ।

    मुख्यमन्त्री भट्ट र जापानी राजदूतबीच शिष्टाचार भेटवार्ता

     

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    मुख्यमन्त्री भट्ट

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    नोरीयो सुकिताते

    फेसबुक

    नोरीयो सुकिताते

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!