सडकदेखि सार्वजनिक शौचालय सफाईको अगुवा बन्दै कलाकार सिंखडा

15 November, 2019 21:10 |कला/मनोरन्जन , कलिउड | comments | 10650 Views

    समाज रुपान्तरण गर्न एउटा पात्र नै काफी हुन्छ अनि समाजलाई गतिशील बनाउन ठूलठूला गफ पनि चुट्नुर्पैन । हेर्दा सामान्य लाग्ने तर अति महत्वपूर्ण क्षेत्रहरुलाई हामीले ख्याल राखेर सानो अभियान चलाउने हो भने समाज आफैं गतिशील, विकसित र सभ्य हुँदै जान्छ ।

    adsads

    यस्तै सोचका साथ सामाजिक अभियन्ता, कलाकार तथा पत्रकार श्रीकृष्ण सिंखडा आजभोलि सार्वजनिक शौचालय सफाई अभियानमा लाग्नुभएको छ । विगत दुई महिनायता उहाँ सार्वजनिक तथा विद्यालयका शौचालयहरु सफाईको अगुवाई गर्दै आउनुभएको छ । यो अभियानले व्यापकता पाएको छ, सफाईप्रतिको चेतना जागृत भएको छ, विद्यार्थीहरुमा नयाँ चेतना पलाएको छ ।

    उहाँको पहिलो प्राथमिकता विद्यालयका शौचालय सफाई हो । किन ? उहाँ भन्नुहुन्छ– “देशका कर्णधार, हाम्रो भविष्य भनेकै आजका विद्यार्थी हुन्, उनीहरुको स्वास्थ्य र सफाईप्रति हामी जिम्मेवार हुनुपर्छ । हामीले सफाई गर्ने मात्र हैन उनीहरुलाई सफाईको महत्व दर्शाउँदै यस्तो कार्यमा संलग्न गराउनु पनि उत्तिकै आवश्यक छ । त्यसैले म यो अभियानमा जहाँ पुग्नु त्यहाँका विद्यार्थी, शिक्षक, कर्मचारी सबैलाई सफाईको महत्व बुझाउँछु र काममा लाग्न प्रेरित गर्छु । आजका विद्यार्थीहरुलाई सामाजिक कार्यमा सक्रिय गराउन सकिएन भने भोलि समाज कस्तो बन्दै जाने हो यसै भन्न सकिन्न ।”

    लामो समय उहाँ चक्रपथ सफाई अभियानको संरक्षकका रुपमा सक्रिय हुनुभयो । समाजमा रहेका कुनै पनि प्रकारको फोहरमैला हटाउनुपर्छ भन्ने मान्यतामा रहनुभएका उहाँ सडक, शौचालय, चउर, विद्यालय, मन्दिर मात्रै हैन समाजमा रहेको भ्रष्ट सोचको पनि सफाई गर्नुपर्ने र समाजलाई संस्कारित बनाउन सम्पत्तिको लोभ गर्ने परिपाटी त्याग्नुपर्ने सुझाव दिंदै आउनुभएको छ ।

    उहाँ भन्नुहुन्छ– “जबसम्म हामी छोराछोरीलाई सम्पत्ति थुपार्ने सोचमा हुन्छौं तबसम्म हामी माथी जान सक्दैनौं, हाम्रो समाज भ्रष्ट नै रहन्छ । सम्पत्तिको लोभमा छोराछोरी विगार्ने हामी आफैं हौं । छोराछोरीलाई सम्पत्ति हैन संस्कार दिनुपर्छ ।”

    समाजलाई रुपान्तरण गर्न आफ्नै किसिमको सोच र व्यवहारमा अघि बढिरहनुभएका सिंखडासार्वजनिक शौचालयहरुको नाजुक अवस्था देखेर यसको सफाईमा लागेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– “राजनीतिक तहबाट ठूलठूला नारा गुञ्जिने सुन्दर देश नेपालमा सार्वजनिक शौचालयका अवस्था देखेर अत्यन्त दुःख लाग्यो । अनि यसको कसरी व्यवस्थापन गन सकिन्छ भनेर विचार गरिरहँदा सफाईको अभियान आफैं चलाउन पुगें ।”

    आजभोलि उहाँको विहानदेखि बेलुकासम्मको समय सरसफाई अभियान र उत्प्रेरणात्मक कार्यक्रमहरुमा बित्छ । विगत अढाई वर्षदेखि उहाँ यस्तै कार्यमा सक्रिय हुनुहुन्छ । उहाँको पहिलो शर्त नै सरसफाई हो । त्यसैले त भन्नुहुन्छ– “काम यस्तो र उस्तो नभनी आआफ्नो जिम्मेवारी वहन गर्नुपर्छ ।” अहिले उहाँ जहाँ पुग्नुहुन्छ ‘सफा नेपाल स्वस्थ नेपाली’को नारा घन्काउनुहुन्छ ।

    सार्वजनिक शौचालय सफाई उहाँको पछिल्लो अभियान हो र यो अभियानले निकै सकारात्मक सन्देश दिएको उहाँ बताउनुहुन्छ । यो अभियानलाई सफल पार्न नागरिक समाज, बुद्धिजीवी, कलाकार, शिक्षक, विद्यार्थी सबैलाई आफूले आव्हानन गरेको र सहभागिता बढ्दै गएको छ ।

    उहाँ अहिले शौचालय सफाई अन्तर्गत विद्यालयहरुमा जाने गर्नुभएको छ । जति पनि विद्यालयमा जानुहुन्छ सानोतिनो मनोरञ्जनात्मक कार्यक्रमसहित सफाई अभियान सुरु हुन्छ । उहाँ आफैंमा हाँस्य कलाकार भएकाले विद्यार्थी तथा शिक्षकहरुलाई मनोरञ्जना गराउँदै शौचालय सफाईमा सक्रियतापूर्वक संलग्न गराउनुहुन्छ ।

    काठमाडौंको मुटुमा रहेको रत्नराज्य कलेजको शौचालय सफाईबाट सिंखडाको यो अभियान सुरु भएको थियो । पछिल्लो पटक उहाँको नेतृत्वमा काठमाडौंको मुलपानीस्थित आनन्द भैरब माध्यमिक विद्यालयको शौचालय सफाई गरिएको छ । अहिले यो अभियान देशव्यापी भएको छ । विद्यालयहरुबाट सफाईका लागि आइदिन अनुरोध आउन थालेको छ । सरोकारवालाहरुको उत्साह र चासो देखेर सिंखाडालाई अरु हौसला बढेको छ । उहाँ भन्नुहुन्छ– “अब देशभरका शौचालय सफा नराखी विश्राम लिन्न, यो मेरो संकल्प हो ।”

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More