मेशकुमार शर्मा रिजाल मेशकुमार शर्मा रिजाल

  • मेशकुमार शर्मा रिजाल
  • मेशकुमार शर्मा रिजाल
  • मेशकुमार शर्मा रिजाल
  • मेशकुमार शर्मा रिजाल
  • मेशकुमार शर्मा रिजाल
  • मेशकुमार शर्मा रिजाल

सडक दुर्घटनामा परी पोर्चुगलमा एक नेपालीको मृत्यु

4 June, 2019 11:30 | प्रबास | comments | 29850 Views

मेशकुमार शर्मा रिजालभगवान गिरी- युरोपेली देश पोर्चुगल आउनुभएका गुल्मी जिल्ला मुसीकोट नगरपालिका वडा नं ६ का ३६ वर्षीय नेपाली युवक रमेशकुमार शर्मा रिजालको सडक दुर्घटनामा परी निधन भएको छ । पोर्चुगलको राजधानी लिस्बनबाट झण्डै ३८० किलोमिटर टाढा बेजा जिल्लाको भिलानोभु मिल्फन्तोस भन्ने स्थानमा गत शुक्रबार स्थानीय समयानुसार राति ९ः३० बजेतिर साइकलमा सवार शर्मा रिजाललाई तीव्र गतिको मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते हुँदा उपचारका क्रममा सोही राति निधन भएको हो ।

adsads

मोटर साइकल चालक ४२ वर्षीय पोर्चुगाली डिनेश पनि गम्भीर घाइते भई उपचारार्थ रहेको जनाइएको छ ।शर्मा एक वर्ष अगाडि पोर्चुगल आएको लिस्बनमा रहनुभएका उनका दाजु अमृतले जानकारी दिनुभयो । उहाँको दाहसंस्कार पोर्चुगलमै गरिने पारिवारिक स्रोतले जनाएको छ । “दाह संस्कारका लागि आवश्यक कानूनी प्रक्रिया शुरु भइसकेको एनआरएनए पोर्चुगल अध्यक्ष कुबेर कार्कीले बताउनुभयो ।

नेपाल सरकारका तर्फबाट गरिनुपर्ने कानूनी सहजीकरणको काम लिस्बनस्थित अवैतनिक नेपाली वाणिज्यदूतको कार्यालयले गर्ने जनाइएको छ । मृतकका आमाबुबासहित पाँच दाजुभाइ तथा एक दिदी हुनुहुन्छ । सन् २०१९ को पाँच महिनाभित्र चार नेपालीले पोर्चुगलमा विभिन्न कारणले आफ्नो ज्यान गुमाइसकेका छन् ।

पोर्चुगलमा दुई नेपाली कामदारमाथि दुर्व्यवहार गर्ने चार सैनिक निलम्बित : एक पक्राउ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
मेशकुमार शर्मा रिजाल

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

शेरधन राई

फेसबुक

शेरधन राई

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!